लागूऔषध बोकेकाे जहाजमा अमेरिकी सेनाकाे आक्रमण, ११ जनाको मृत्यु
बुधबार, १८ भदौ २०८२, १० : ५४
सारांश
- अमेरिकी सेनाले दक्षिण क्यारिबियनमा लागूऔषध बोकेको जहाजमा आक्रमण गर्दा ११ जनाको मृत्यु भएको छ।
- यो अपरेशन भेनेजुएलाका लागूऔषध तस्कर समूह ट्रेन दि अरागुआलाई लक्षित गरी गरिएको थियो।
- अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुएलाका राष्ट्रपति मदुरोमाथि सैन्य र राजनीतिक दबाब बढाइरहेका छन्।
वासिङटन डीसी । दक्षिण क्यारिबियनमा लागूऔषध बोकिरहेको एउटा जहाजमाथि अमेरिकाले आक्रमण गर्दा ११ जना ‘नार्कोटेररिष्ट’ को मृत्यु भएको छ । सामाजिक सञ्जालमा पोष्ट गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो कुरा बताएका हुन् ।
मंगलबार अमेरिकी सेनाले गरेको सो अपरेशनमा भेनेजुएलाका लागूऔषध तस्कर समूह ट्रेन दि अरागुआलाई लक्षित गरिएको थियो । जहाज विदेशी जलक्षेत्रमा रहेको अनि यो गैरकानुनी लागूऔषध बोकेर अमेरिकातिर आइरहेको ट्रम्पले बताएका छन् ।
हालैका हप्तामा ट्रम्प प्रशासनले भेनेजुएली राष्ट्रपति निकोलस मदुरोमाथि सैन्य र राजनीतिक दबाब बढाइरहेको छ । मदुरोलाई पक्राउ गर्न सघाउने जानकारी दिनेलाई दिइने भनेको पुरस्कार राशी बढाएर अमेरिकाले केही अघि ५ करोड डलरमा पुर्याएको थियो ।
अमेरिकाको जुनसुकै सैन्य हस्तक्षेप विरुद्ध लड्ने मदुरोले कसम खाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण