बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
फोटो

इन्द्रजात्राका लागि कुमारी, गणेश र भैरवको रथ तयार, तस्बिरमा हेर्नुहोस्

बुधबार, १८ भदौ २०८२, ११ : २३
बुधबार, १८ भदौ २०८२

सारांश

  • इन्द्रजात्राको लागि कुमारी, गणेश र भैरवको रथ तयार गरिएको छ।
  • इन्द्रजात्राको मुख्य दिन शनिबार परेको छ र जीवित देवीदेवताको रथयात्रा हुनेछ।
  • वसन्तपुर क्षेत्रमा सरसफाइ र रंगरोगनको काम भइरहेको छ, इन्द्रध्वजोत्थान यस वर्षको इन्द्रजात्रामा पर्नेछ।

काठमाडौँ । बिहीबारदेखि विधिवतरूपमा सुरु हुने इन्द्रजात्राका लागि कुमारी, गणेश र भैरवको रथ तयार भएका छन् । इन्द्रजात्राको प्रमुख आकर्षणको रूपमा रहने तीन जीवित देवताको रथ निर्माणको काम सम्पन्न भएको हो । 

इन्द्रजात्राको मुख्य दिन भने शनिवार परेको छ । त्यसअघि जीवित देवी कुमारी, गणेश र भैरवलाई रथमा विराजमान गरेर काठमाडौँको परिक्रमा गर्ने गरिन्छ ।

रथ सजावटको काम भने शनिवार अर्थात् इन्द्रजात्राकै दिन मात्रै गरिन्छ । यससँगै वसन्तपुर क्षेत्रको सरसफाइको काम पनि तीव्रताका साथ चलिरहेको छ । 

विभिन्न मठमन्दिर र संरचनामा अहिले जेट स्प्रे प्रयोग गरेर सफा गर्नुका साथै रंगरोगन पनि गरिँदै छ । यो वर्षको इन्द्रजात्रा अन्तरगत इन्द्रध्वजोत्थान परेको छ ।

basntapur (1)basntapur (2)basntapur (3)basntapur (4)basntapur (5)basntapur (6)basntapur (7)basntapur (8)basntapur (9)basntapur (10)basntapur (11)basntapur (12)basntapur (13)basntapur (14)basntapur (15)basntapur (16)basntapur (17)basntapur (18)basntapur (19)basntapur (20)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप