रोकायाको ‘शुक्लाम्बरा’माथि अन्तरक्रिया सम्पन्न
सारांश
- आख्यानकार तारा खत्री रोकायाको उपन्यास 'शुक्लाम्बरा' माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।
- समीक्षकहरूले उपन्यासमा लैङ्गिक विभेद र सांस्कृतिक द्वन्द्वको विषयवस्तु समेटिएको बताए।
- लेखकले उपन्यास तयार पार्नुको कारण रातारात परिवर्तन हुने राजनीतिको नक्कली अनुहारलाई सुधार गर्नु रहेको बताए।
काठमाडौँ । आख्यानकार तारा खत्री रोकायाको पहिलो उपन्यास ‘शुक्लाम्बरा’ को अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘पाश्र्वपथ’द्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा विविध आयामबाट विश्लेषण गरी कृतिको समीक्षा गरिएको थियो ।
कार्यक्रममा समीक्षक अनिता कोइरालाले ‘शुक्लाम्बरा’ यथार्थमा आधारित उपन्यास भएको बताइन् । कृतिमा सङ्घर्षले जीवनलाई पार तार्नुपर्ने सन्देश प्रस्तुत गरिएको धारणा कोइरालाले राखिन् । उपन्यासमा लैङ्गिक विभेदको कथादेखि लिएर सांस्कृतिक द्वन्द्वको विषयसमेत समेटिएको उनको भनाइ थियो ।
उपन्यासमा पितृसत्ताले छोपेको खोटाङको समाज चित्रण भएको कार्यक्रमकी अर्की समीक्षक भारती न्यौपानेले बताइन् । समाजका हरेक ग्रामीण इलाकामा हुर्किएका नारीको कथाबाट ‘शुक्लाम्बरा’को जन्म भएको काइरालाको धारणा थियो । सांस्कृतिक द्वन्द्वको पाटो खोतल्न सकेको भए कृतिको सौन्दर्य अझै थपिने न्यौपानेको तर्क छ । वरिष्ठ निबन्धकार युवराज नयाँघरेले कृतिकारलाई शुभकामना दिँदै हुम्लाका चित्र, चरित्र र बाछिटा यस कृतिमा पोखिएकाले कृति सुन्दर बनेको बताए । उनले हुम्लाका अँध्यारा गुजुल्टाभित्र न्याय, समानता र उज्यालोको खोजी गर्न उपन्यासले विशेष भूमिका खेल्ने अभिव्यक्त दिए ।
सङ्घर्षका अनेक मार्ग हिँडी आफूले ‘शुक्लाम्बरा’ उपन्यास तयार पारेको कृतिकार तारा खत्री रोकायाले बताइन् । रातारात परिवर्तन हुने राजनीतिको नक्कली अनुहार सुधार गर्ने अभियानका क्रममा यो उपन्यास तयार पारिएको उनको भनाइ थियो । आफूभित्र उज्यालो भए संसार परिवर्तन गर्न सकिने मान्यतालाई उपन्यासको सन्देशका रूपमा प्रस्तुत गरिएको पनि उनले बताइन् ।
राजधानीको ग्रिनलिफ क्याफेमा सम्पन्न यस अन्तरक्रिया कार्यक्रममा प्राडा हिरण्यलाल ज्ञवाली, लक्ष्मण गाम्नागे, डा अम्बिका अर्याल, डा हेम भण्डारी, डी आर राई, गीता रेग्मी, शोभा अधिकारी, जया बुढाथोकी, राजेश खनाल, रेखा ज्ञवाली, नम्रता भण्डारीलगायत साहित्यिक स्रष्टाहरूको उपस्थिति रहेको थियो । २०० पृष्ठको ‘शुक्लाम्बरा’ उपन्यासलाई प्रिन्टोहब ट्रेड लिङ्क प्रालिले बजारमा ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण