संसद् बैठक
अख्तियारलाई दलीयकरण गरियो : रास्वपा
बुधबार, १८ भदौ २०८२, १३ : २८
सारांश
- रास्वपाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दलीयकरण गरेको आरोप लगाएको छ।
- सांसद हरि ढकालले अख्तियारलाई सत्तारुढ दलहरूले सेपमा पारेको आरोप लगाए।
- ढकालले भिजिट भिसा प्रकरणमा आफूहरूको आवाज नसुनेको र विरोधको आवाजलाई बन्देज गरिएको बताए।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दलीयकरण गरिएको आरोप लगाएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा बोल्दै रास्वपा सांसद हरि ढकाल अख्तियारलाई दलीयकरण गरेर सत्तारुढ दलहरूले सेपमा राखिरहेको आरोप लगाए ।
‘अख्तियार दुरुपयोग अनुसनधान आयोलाई दलीयकरण गरिएको छ । साइजमा राखिएको छ । ०८४ पछि यो रहँदैन,’ सांसद ढकालले भने ।
उनले भिजिट भिसा प्रकरणमा आफूहरू ९५ दिनदेखि सदनमा आन्दोलित भए पनि सत्ता पक्षले नसुनेको बताए । सत्ता पक्षले आफूहरूले सदनमा बोलेको दुई मिनेट समयको विषयलाई बंग्याउन घण्टौ समय खर्चिइरहेका आरोप लगाए ।
विरोधको आवाजलाई बन्देज गरेर लोकतन्त्र नबच्ने ढकालले बताए । उनले दलीयकरणका कारणले लोकतन्त्रमाथि छाँया परेको आरोप लगाउँदै ०८४ मा आम नागरिकले यो शैलीको हेक्का राखेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण