नेपालविरुद्ध बंगलादेशको राष्ट्रिय टोली घोषणा, परेनन् लेस्टर सिटीका चौधरी
सारांश
- बंगलादेशले नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्न २३ सदस्यीय टोली घोषणा गरेको छ।
- खेल भदौ २१ र २४ गते दशरथ रंगशालामा हुनेछ, र टोली बुधबार राति नेपाल आउनेछ।
- इङ्लिस क्लब लेस्टर सिटीका हाम्जा चौधरी चोटका कारण टोलीमा परेका छैनन्।
काठमाडौँ । नेपाली राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण फुटबल खेल्न बंगलादेशले राष्ट्रिय टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक जेभियर काबरेराले बुधबार २३ सदस्यीय टोली घोषणा गरेका हुन् । बंगलादेशले घोषणा गरेको टोलीमा सोहेल राखा, मोहम्मद इब्राहिम, शाहरियार इमोन, जमाल भुइँयालगायत खेलाडीहरू छन् ।
बंगलादेशले नेपालमा भदौ २१ र २४ गते दुई मैत्रीपूर्ण फुटबल खेल खेल्दै छ । दुवै खेल दशरथ रंगशालमा हुनेछन् । बंगलादेशको टोली बुधबार राति ८ः३० बजे नेपाल आउने कार्यक्रम छ ।
यसैबचि इंग्ल्यान्डको चर्चित क्लब लेस्टर सिटीमा आबद्ध (हाल लोनमा शेफिल्ड युनाइटेड पुगेका) डिफेन्सिभ मिडफिल्डर हाम्जा चौधरी भने टोलीमा अटाएनन् । चोटका कारण उनी टोलीबाहिरै रहेका हुन् । हालै च्याम्पियनसिप लिगको खेलमा लागेको चोटबाट निको भइनसकेका हाम्जालाई अन्तिम टोलीमा समावेश गरिएन ।
सन् २०१५ मा लेस्टरमा आबद्ध चौधरी इंग्ल्यान्डमै जन्मिएका हुन् । २०१८–१९ मा इंग्ल्यान्डको यू–२१ को राष्ट्रिय टोलीमा आबद्ध उनले सन् २०२५ देखि भने बंगलादेशबाट खेल्दै आएका छन् ।
बंगलादेशको टोली
गोलरक्षकः सुजन होसेन, मितुल मार्मा, पप्पु होसेन
डिफेन्डरः मेहेदी हसन, रहमत मिया, तपु बर्मन, ताज उद्दिन, अब्दुल्लाह ओमर, तारिक काजी, इसा फयसाल, साद उद्दिन
मिडफिल्डरः मोहम्मद हृदय, जमाल भुइँया, पापोन सिंह, सोहेल राना, सोहेल राना, शाह काजेम
फरवार्डः आरिफ होसेन, शाहरियार इमोन, राकिब होसेन, फयसाल अहमद, मोहम्मद इब्राहिम, सुमन रेजा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण