काठमाडौँ जानु अघि निजी विद्यालय सञ्चालकले गरे जिल्लास्तरीय अन्तिम प्रदर्शन
सारांश
- नयाँ शिक्षा ऐनको विरोध गर्दै निजी विद्यालय सञ्चालकहरूले जनकपुरधाममा विरोध प्रदर्शन गरे।
- धनुषाका निजी विद्यालय सञ्चालकहरूले काठमाडौंमा केन्द्रित आन्दोलन गर्ने निर्णय गरेका छन्।
- विद्यालय सञ्चालकहरूले भदौ २३ गतेदेखि शीर्ष नेताहरूसँग भेटघाट गर्ने र २५ गते काठमाडौंमा विरोध र्याली निकाल्ने भएका छन्।
जनकपुरधाम । नयाँ शिक्षा ऐनले निजी विद्यालय बन्द हुने भन्दै जिल्लास्तरीय आन्दोलनमा उत्रिएका निजी विद्यालय सञ्चालकहरूले काठमाडौँ केन्द्रित आन्दोलन गर्ने भएका छन् । सोही क्रममा धनुषाका निजी विद्यालय सञ्चालकले काठमाडौँ जानु अघि बुधबार जनकपुरधाममा जिल्लास्तरीय अन्तिम विरोध प्रदर्शन गरेका छन् ।
निजी विद्यालय सञ्चालकहरूको संगठन प्याब्सन, नेशनल प्याब्सन, हिसान र अपेनमा आवद्ध विद्यालयहरूले आफ्नो विद्यालय भवनदेखि विरोध ¥याली निकाल्दै जनकपुरधामका विभिन्न चोक परिक्रमा गरेर जिल्ला प्रहरी कार्यालय अगाडि कोण सभा गरेका थिए ।
कोण सभामा धनुषा जिल्ला प्याब्सनका अध्यक्ष नवल यादवले आजको विरोधलाई जिल्लास्तरीय अन्तिम आन्दोलनका रूपमा लिएको जानकारी दिए । उनले भदौ २३ गतेदेखि सम्पूर्ण निजी विद्यालय सञ्चालक काठमाडौँ पुगेर विभिन्न दलका शीर्ष नेताहरूसँग भेट गरी आफ्ना मागबारे ध्यानाकर्षण गराउने बताए ।
भदौ २५ गते काठमाडौँमा बृहत् विरोध र्याली निकाल्ने कार्यक्रम रहेको यादवले जानकारी दिए । उनले आफूहरूको माग सरकारले माग सम्बोधन नगरेसम्म आन्दोलन निरन्तर जारी रहने चेतावनी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण