विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुई जना पक्राउ
बुधबार, १८ भदौ २०८२, १७ : ३२
सारांश
- प्रहरीले विदेश पठाउने भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा सरोज सुवाल र सिर्जना कार्की रहेका छन्, जसले सर्बिया र रोमानिया पठाउने भन्दै रकम लिएका थिए।
- उनीहरुले क्रमशः ३ लाख र ४ लाख रुपैयाँ ठगी गरेको आरोप छ, र उनीहरूलाई वैदेशिक रोजगार विभागमा पठाइएको छ।
काठमाडौँ । विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको भक्तपुर नगरपालिका–१० घर भएका ३५ वर्षीय सरोज सुवाल र रौतहटको चन्द्रपुर नगरपालिका–२ घर भएकी २७ वर्षीया सिर्जना कार्की छिन् ।
उनीहरूले सर्विया र रोमानिया पठाउँछु भनेर ठगेको आरोपमा पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अङ्गुर जिसीले रातोपाटीलाई बताए ।
सुवालले ३ लाख र कार्कीले ४ लाख रुपैयाँ ठगी गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनीहरूलाई कानुनी कारबाहीको लागी प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण