सहकारी संस्थाको साधारणसभामा यातायात खर्च बाँड्न रोक
काठमाडौँ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मूख्य कारोबार गर्ने सहकारी संस्थाहरूको साधारणसभामा यातायात खर्च, सहभागी भत्ता, अतिथि सत्कार लगायतका फजुल खर्चमा पूर्ण रूपमा रोक लगाएको छ ।
प्राधिकरणले हालै एक निर्देशन जारी गरेको निर्देशनमार्फत साधारणसभालाई सदस्य–केन्द्रित, मितव्ययी र सुशासनयुक्त बनाउन निर्देशन दिएको हो ।
प्राधिकरणले जारी गरेको निर्देशनमा बचतकर्ताको हितलाई मध्यनजर गर्दै संस्थामा आवश्यकता अनुसार सदस्यहरूको सामान्य खाजा खाना बाहेक अन्य फजुल खर्च गर्न नपाइने स्पष्ट पारेको छ ।
निर्देशनमा सहकारीको दर्ता, नियमन, अनुगमन वा सुपरिवेक्षणसँग प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्धित कुनै पनि निकायका गैर–सदस्य कर्मचारी वा पदाधिकारीलाई साधारणसभामा सहभागी नगराउन भनिएको छ। त्यस्ता पदाधिकारीको सहभागितालाई ’स्वार्थको द्वन्द्व’ मानिने प्राधिकरणले उल्लेख गरेको छ ।
त्यस्तै गैर–सदस्य व्यक्ति वा पदाधिकारीलाई आमन्त्रण गरी उद्घाटन सत्र, आसनग्रहण वा अतिथिका मन्तव्यजस्ता औपचारिक कार्यक्रममा समय व्यतीत नगरी सीधै छलफल एजेन्डामा प्रवेश गर्नुपर्नेछ ।
सहकारी संस्थाले आफ्नो कार्यक्षेत्रभित्र सदस्यहरूलाई पायक पर्ने स्थानमा साधारणसभा आयोजना गर्नुपर्नेछ। सभा सम्पन्न भएको एक महिनाभित्र प्राधिकरणको इमेल ठेगानामा संक्षिप्त प्रतिवेदन बुझाउनुपर्नेछ ।
यो निर्देशनले सहकारी संस्थाहरूमा हुने अनावश्यक खर्च कटौती गरी सदस्यहरूको बचतको सुरक्षा गर्न र संस्थाको समग्र सुशासनमा सुधार ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण