बहुमूल्य चम्किने ढुङ्गा भन्दै ५० लाख रुपैयाँ ठगी
बुधबार, १८ भदौ २०८२, २० : १४
काठमाडौँ । बहुमूल्य चम्किने ढुङ्गा बिक्री गर्ने नाममा ठगी गरेको अभियोगमा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट विदुर नगरपालिका–२ बाट ३५ वर्षीय प्रकाश तामाङ रहेका छन् ।
पीडितले जाहेरी दिएका आधारमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त गरी नुवाकोट जिल्ला प्रहरी कार्यालयको समन्वयमा भदौ १७ गते तामाङलाई पक्राउ गरिएको हो। तामाङ नुवाकोट सूर्यगढी गाउँपालिका–१ का बासिन्दा हुन्।
उनीमाथि करिब ५० लाख रुपैयाँ ठगी गरेको आरोप छ। पक्राउ परेका तामाङलाई ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण