मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सर्विया र रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

बुधबार, १८ भदौ २०८२, २० : २०
बुधबार, १८ भदौ २०८२

काठमाडौँ । वैदेशिक रोजगारीको प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१० बस्ने ३५ वर्षीय सरोज सुवाल र चन्द्रागिरी नगरपालिका–१३ बस्ने, रौतहट चन्द्रपुर नगरपालिका–२ घर भएका २७ वर्षीया सिर्जना कार्की रहेका छन्।

सरोजले सर्विया पठाइदिन्छु भन्दै एक पीडितबाट ३ लाख रुपैयाँ र सिर्जनाले रोमानिया पठाइदिन्छु भन्दै अर्को पीडितबाट ४ लाख रुपैयाँ लिएको प्रहरी अनुसन्धानमा खुलेको छ। रकम लिएपछि सम्पर्कविहीन भएका उनीहरूविरुद्ध पीडितहरूले उजुरी दिएका थिए।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले सरोजलाई मंगलबार ललितपुर महानगरपालिका–२ बाट र सिर्जनालाई बुधबार काठमाडौँ महानगरपालिका–१२ बाट पक्राउ गरेको हो।

उनीहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप