इन्फिनिक्सले नेपालमा ल्यायो नयाँ स्मार्ट फोन, मूल्य कति ?
काठमाडौं । अन्तर्राष्ट्रिय स्मार्टफोन ब्रान्ड इन्फिनिक्सले नेपालमा आफ्नो नयाँ HOT 60 Pro Series स्मार्टफोन सार्वजनिक गरेको छ। यस श्रृंखलाअन्तर्गत HOT 60 Pro+ र HOT 60 Pro मोडल उपलब्ध रहेको कम्पनीले जनाएको छ । जसलाई कम्पनीले सबैभन्दा पातलो, हल्का र स्टाइलिश गेमिङ स्मार्टफोनका रूपमा प्रस्तुत गरेको छ।
HOT 60 Pro+ मात्र 5.95 मिलिमिटर पातलो र 155 ग्राम तौल भएको फोन हो, जुन हालसम्म नेपालमा यो श्रेणीको सबैभन्दा स्लिम स्मार्टफोनका रूपमा आएको हो।
यसमा 1.5K 144Hz कर्भ्ड AMOLED डिस्प्ले, MediaTek Helio G200 प्रोसेसर, ५० मेगापिक्सेल SONY IMX882 क्यामेरा र ५१६० mAh क्षमताको ब्याट्री ४५W फास्टचार्जसहित उपलब्ध छ। यसको मूल्य ८+१२८GB भर्सनका लागि रु. २६,९९९ तोकिएको छ।
त्यस्तै, HOT 60 Pro ६.६ मिलिमिटर पातलो र १७० ग्राम तौल भएको मोडल हो, जसलाई विशेष गरी गेमिङ प्रयोगकर्तालाई लक्षित गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ। यसमा पनि १.५K १४४Hz AMOLED डिस्प्ले, Corning Gorilla Glass, ८GB RAM र ५१६०mAh ब्याट्री ४५W फास्टचार्जसहित उपलब्ध छ। यसको मूल्य ८+१२८GB भर्सनका लागि रु. २०,९९९ राखिएको छ।
यी मोडलहरू नेपालभर विभिन्न रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण