कार्यविधिविपरीत सीडीओ अर्याललाई लगातार तेस्रो पटक ‘क’ वर्गको जिल्ला
काठमाडौँ । गत भदौ ४ गते पर्साको प्रमुख जिल्ला अधिकारीबाट गृह मन्त्रालयमा सरुवा भएका सहसचिव गणेश अर्याललाई १५ दिनमै फेरि मन्त्रालयले ‘क’ वर्गको जिल्लामा प्रमुख जिल्ला अधिकारी बनाएर पठाएको छ ।
गृहमन्त्री रमेश लेखकले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै अर्याललाई चितवनको प्रमुख जिल्ला अधिकारी बनाएर पठाएका हुन् । अर्याललाई चितवनको प्रमुख जिल्ला अधिकारी बनाएर खटाउँदा गृहमन्त्री लेखकले ‘प्रमुख जिल्ला अधिकारी पदस्थापन वा सरुवा गर्ने वा काज खटाउने सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८०’ नै उल्लङ्घन गरेका छन् ।

कार्यविधिमा ‘क’ वर्गको जिल्लामा प्रमुख जिल्ला अधिकारी खटाउँदा ‘ख’ र ‘ग’ वर्गको जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर काम गरेको प्रथम श्रेणीको अधिकृतलाई खटाउने उल्लेख छ । त्यस्तै, ‘क’ वर्गको जिल्लामा प्रमुख जिल्ला अधिकारी भएकालाई ‘ख’ वर्ग वा मन्त्रालयका महाशाखा वा विभागमा जिम्मेवारी दिने कार्यविधिमा लेखिएको छ ।
तर, चितवनको प्रमुख जिल्ला अधिकारी बन्दा अर्याल लगातार तेस्रो ‘क’ वर्गको प्रमुख जिल्ला अधिकारी बन्ने सहसचिव बनेका छन् । अर्याल पर्साको प्रमुख जिल्ला अधिकारी हुनुअघि रुपन्देहीको प्रमुख जिल्ला अधिकारी बनेका थिए । कार्यविधि अनुसार रुपन्देही, पर्सा र चितवन ‘क’ वर्गका जिल्ला हुन् ।
यसअघिका दुई जिल्लामा रहँदा अर्याल विवादमा आएका थिए । पर्साको प्रमुख जिल्ला अधिकारी हुँदा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहका कारण काम गर्न पाइनँ भन्दै आफूले सरुवा मागेको अभिव्यक्ति सार्वजनिक रूपमा दिएका थिए । उनको त्यो अभिव्यक्तिको विरोध भएको थियो ।
त्यसअघि रुपन्देहीको प्रमुख जिल्ला अधिकारी हुँदा पनि जिल्लाको एक अस्पतालमा बिरामीको मृत्युपश्चात आफन्तले विरोध गरेपछि उनले दिएको अभिव्यक्तिको चर्को विरोध भएको थियो । डाक्टरहरू अर्यालको अभिव्यक्तिविरुद्ध आन्दोलनमै उत्रिएका थिए ।
मन्त्री लेखकले मन्त्रीस्तरीय निर्णय गर्दै बुधबार नै गृह मन्त्रालयमा अतिरिक्त समूहमा रहेका सहसचिव शिवलाल तिवारीलाई भोजपुरको प्रमुख जिल्ला अधिकारी बनाएर पठाएका छन् । भोजपुरका प्रमुख जिल्ला अधिकारी बाबुराम गौतम भने मन्त्रालयको अतिरिक्त समूहमा तानिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण