लिपुलेकसँग सम्बन्धित विषयलाई अतिरञ्जित गरी प्रधानमन्त्रीलाई भगवान बनाउने प्रयास भयो : सुदन किराती
सारांश
- पूर्वमन्त्री सुदन किरातीले प्रधानमन्त्री ओलीले लिपुलेकसँग सम्बन्धित विषयलाई अतिरञ्जित प्रचार गरेको आरोप लगाए।
- ओलीको चीन भ्रमणमा लिपुलेक सम्बन्धी विषयलाई लिएर सामाजिक सञ्जालमा भएको प्रचारप्रति किरातीले असन्तुष्टि जनाए।
- किरातीले राष्ट्रियता र लिपुलेकको सम्बन्धमा इमान्दारिता देखाउन चुच्चे नक्सा पाठ्यक्रममा समावेश गर्न चुनौती दिए।
काठमाडौँ । पूर्वमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का नेता सुदन किरातीले प्रधानमन्त्री केपी ओलीले लिपुलेकसँग सम्बन्धित विषयलाई अतिरञ्जित प्रचार गरेको बताएका छन् ।
प्रधानमन्त्री ओली हालै चीन भ्रमणको बेला नेपालको भूमि रहेको लिपुलेक मार्ग भएर सीमापार व्यापार गर्ने भारत र चीनबिच भएको सम्झौतालाई लिएर चीनका राष्ट्रपति सी चिन फिङसँग आपत्ति जनाएको विषयलाई एमाले नेताहरूले सामाजिक सञ्जालमा निकै प्रचार गरेका थिए । सोही विषयमा असन्तुष्टि जनाउँदै किरातीले ओलीलाई भगवान बनाउने गलत प्रयास भएको बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
‘तपाईको चीन भ्रमणसँगै लिपुलेकसँग सम्बन्धित विषयलाई अतिरञ्जित प्रचार मार्फत तपाईलाई भगवान बनाउने गलत प्रयास भएको थियो तर क्रमशः आइरहेको प्रतिक्रियाले कतै हाम्रो घाँटीमा हड्डी अड्किएको त होइन ? भन्ने भयङ्कर संशय पैदा भइरहेको छ । यदि त्यस्तो हो भने कूटनीति भन्ने विषय कुनै लहड, उक्साहट र भावनाको सीमाभित्र मात्रै सीमित हुँदैन रहेछ । बाँकी समयले पर्दा खोल्दै लैजाला’, उनले लेखेका छन् ।
‘प्रचार गरे जस्तै हो भने के अब चीन र भारतबिच भएको सहमति चीनले फिर्ता लिन्छ ?’ भनेर उनले प्रश्न उठाएका छन् ।
उनले साँच्चै राष्ट्रियता र लिपुलेकको सम्बन्धमा इमान्दर भए नेपालको चुच्चे नक्सा राखिएको पाठ्यक्रम अब विद्यालयको पाठ्यक्रममा समावेश गर्ने हिम्मत गर्नुहुन्छ भन्दै प्रश्न गरेका छन् ।
किरातीले चिनियाँ सरकारले भनेको सैन्य गठबन्धन जीएसआईलाई समर्थन गरेको कुरा संविधान विपरीत हो कि होइन भनेर समेत प्रश्न उठाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण