सीजी इलेक्ट्रोनिक्सको चाडपर्व लक्षित अफर सार्वजनिक
काठमाडौं । दशैं, तिहार र छठजस्ता नेपालीहरूको चाडपर्वलाई लक्षित गर्दै सीजी इलेक्ट्रोनिक्सले विशेष अफर ल्याएको छ। “भित्र्याऔँ खुशी र समृद्धि #Level Up With CG” नारासहित सार्वजनिक गरिएको यो योजनाअन्तर्गत ग्राहकहरूले रु. १ लाख ८१ हजार ९ सयसम्म क्यासब्याक, विशेष उपहार तथा बहुपक्षीय सुविधा पाउनेछन्।
कम्पनीले सार्वजनिक गरेको अफरअनुसार माइक्रोवेभ ओभन खरिदमा निःशुल्क कुकिङ किट,
सेमी अटोमेटिक/टप लोड वाशिङ मेसिनमा एरियल ३ केजी, फ्रन्ट लोड वाशिङ मेसिनमा एरियल ६ केजी, डिस्वाशरमा निःशुल्क वाशिङ ट्याब्लेट र एयर कन्डिसनरमा निःशुल्क इन्स्टलेसन सेवा उपलब्ध हुनेछ।
त्यसैगरी, ४३ इन्च वा त्यसभन्दा माथिका CG तथा CG Meridia टिभीमा ९ महिनाको NetTV सब्सक्रिप्सन निःशुल्क पाउने व्यवस्था गरिएको छ। साथै, पुराना उपकरणहरूलाई उचित मूल्यमा बदल्ने CG X-Elex एक्सचेन्ज सुविधा र नागरिकता भएको ग्राहकका लागि ०% EMI सुविधा पनि उपलब्ध गराइनेछ।
सीजी इलेक्ट्रोनिक्सका प्रतिनिधिले भने, “दशैं र तिहार नेपालीहरूको मात्र पर्व होइन, खुशी र समृद्धिको पहिचान हो। यसै भावनालाई आत्मसात गर्दै ‘Level Up With CG’ अभियान सुरु गरिएको हो, जसले नेपाली परिवारको जीवनस्तरलाई नयाँ उचाइमा पुर्याउने विश्वास लिएको छ।”
४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा अग्रणी स्थानमा रहेको सीजी इलेक्ट्रोनिक्सले देशभर २० वटा आधुनिक शोरुम, २५ वटा आफ्नै सेवा केन्द्र तथा १५ वटा फ्रेन्चाइज सेवा केन्द्रमार्फत बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ।
सीजीका अनुसार, यो अफर २०८२ साल भदौ १८ गतेदेखि नेपालभरका सबै शोरुम र अधिकृत विक्रेताहरूमा सीमित अवधिका लागि मात्र लागू हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण