स्मार्ट च्वाइस टेक्नोलोजिजले ‘३डीएस पहुँच नियन्त्रण सर्भर’ सेवा सुरु गर्यो
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले ‘३डीएस पहुँच नियन्त्रण सर्भर (एसीएस)’ सेवा सफलतापूर्वक सञ्चालनमा ल्याएको छ।
एसीएस विश्वव्यापी ३डी सिक्योर प्रोटोकलको महत्वपूर्ण अङ्ग मानिन्छ। यसले कार्ड प्रयोगकर्तालाई अनलाइन कारोबार गर्दा प्रमाणीकरण प्रक्रिया सहज बनाउन मद्दत गर्नुका साथै ठगीविरुद्ध उच्चस्तरको सुरक्षा सुनिश्चित गर्ने बताइन्छ।
नयाँ सेवामा आबद्ध हुने पहिलो बैंक ग्लोबल आइएमई बैंक बनेको छ भने एनएमबि बैंक ले पनि यो सेवा प्राप्त गरिसकेको छ। यी सहकार्यपछि दुबै बैंकका कार्ड प्रयोगकर्ताले अनलाइन कारोबार गर्दा अझ सुरक्षित र भरपर्दो प्रमाणीकरण सुविधा पाउनेछन्।
एससीटीका अनुसार एसीएस सेवा नेपालमा डिजिटल भुक्तानी प्रणालीमा नयाँ उपलब्धिका रूपमा स्थापित भएको छ। अनलाइन किनमेल, टिकट काट्ने जस्ता कारोबारमा वास्तविक समयमा प्रमाणीकरण र ठगी नियन्त्रण गर्ने सुविधा उपलब्ध गराउँदा यसले प्रयोगकर्ताको अनुभवलाई सहज र विश्वासिलो बनाउने विश्वास कम्पनीले व्यक्त गरेको छ।
डिजिटल माध्यममा ग्राहकको भरोसा बढाउन सहयोग गर्ने यो सेवा नेपाललाई अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक संस्थाहरूका सुरक्षा मापदण्डसँग नजिक ल्याउने र नगदविहीन अर्थतन्त्रतर्फको यात्रामा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण