संसदीय समिति
संसदीय सुनुवाइ समिति सभापतिको निर्वाचन : मनोनयन दर्ता आज, निर्वाचन भोलि
बिहीबार, १९ भदौ २०८२, १३ : ३७
सारांश
- संसदीय सुनुवाइ समितिको सभापतिको निर्वाचन शुक्रबार हुने भएको छ।
- बिहीबार मनोनयन दर्ताका लागि समय तोकिएको छ।
- तत्कालीन सभापतिले राजीनामा दिएपछि पद रिक्त रहेको छ।
काठमाडौँ । संसदीय सुनुवाइ (संयुक्त) समितिको सभापतिको निर्वाचन शुक्रबार हुने भएको छ । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले विज्ञप्ति निकाल्दै बिहीबार मनोनयन दर्ता गर्ने समय तोकेका हुन् ।
महासचिव पाण्डेले जारी गरेको सूचना अनुसार बिहीबार दिउँसो २ बजेदेखि ४ बजेसम्म नयाँ बानेश्वरस्थित महासचिव पाण्डेको कार्यकक्षमा मनोनयन दर्ता गर्न सकिने उल्लेख छ ।
मनोनयन दर्ता गर्ने उम्मेदवारको नामावली दिउँसो सवा चार बजे सूची प्रकाशन गर्ने र शुक्रबार सवा ५ बजे निर्वाचनका लागि समिति बैठक बोलाउने सूचनामा उल्लेख छ ।
सुनुवाइ समितिका तत्कालीन सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि भदौ १० गतेदेखि सभापति पद रिक्त छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण