झुम्का कारागारमा ज्वरोको प्रकोप : ६ दिनमा ४ कैदीको मृत्यु
सारांश
- सुनसरीको झुम्का कारागारमा ज्वरोका कारण ३५३ जना कैदीबन्दी बिरामी परेका छन्।
- श्वासप्रश्वासको समस्याका कारण एक जनाको मृत्यु भएको छ, जसमध्ये राजविराजका जलेश्वर यादव रहेका छन्।
- कारागारमा रोग सङ्क्रमणको स्रोत पत्ता लगाउन अनुसन्धान भइरहेको छ, जसमा पानी र खानेकुराको परीक्षण पनि समावेश छ।
विराटनगर । सुनसरीको झुम्का कारागारमा ज्वरोको कारण ३५३ जना कैदीबन्दी बिरामी परेका छन् । एक जनाको बुधबार श्वास प्रश्वासको समस्याको कारण मृत्यु भएको छ ।
मृत्यु हुनेमा राजविराज नगरपालिका वडा नम्बर ८ का जलेश्वर यादव रहेका छन् । उनको इनरुवा अस्पतालमा उपचारको क्रममै मृत्यु भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्बेन्द्रकुमार मिश्रले जानकारी दिए ।
सुनसरीका प्रहरी प्रमुख सुमनकुमार तिम्सिनाका अनुसार ६ दिनयता झुम्का कारागारका ४ जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी मिश्रले यादवको मृत्युपछि त्यस्तै लक्षण देखिएका ३५३ जनाको स्वास्थ्य जाँच गरेको बताए । त्यसमध्ये १३ जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको छ ।
जिल्ला सुरक्षा समितिको टोली गएराती नै डाक्टरको टोली लिएर कारागार पुगेको थियो । ‘कुल ३५३ जनाको स्वास्थ्य परीक्षण गरियो । त्यसमध्ये १३ जनालाई थप उपचारका लागि रेफर गरिएको छ,’ उनले भने, ‘१३ मध्ये १ जनामा डेङ्गुको लक्षण र १२ जनामा भाइरल ज्वरो देखिएको छ ।’
सुरुमा कोभिड–१९ को शङ्का गरिएको भए पनि अहिलेसम्म त्यस्तो नदेखिएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए । उनका अनुसार आजदेखि कारागारमा बृहत् स्क्रिनिङ कार्यक्रम सुरु भएको छ ।
प्रदेश स्वास्थ्य कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालसहितको टोलीले सबैको स्वास्थ्य जाँच गर्ने उनको भनाइ छ । उनले रोग सङ्क्रमणको स्रोतबारे अनुसन्धान भइरहेको बताए ।
‘पानी र खानेकुराहरू दूषित छन् वा छैनन् भनी परीक्षण भइरहेको छ । पानीको परीक्षणमा हालसम्म कुनै सङ्क्रमण देखिएको छैन,’ उनले भने । आइतबार र सोमबार पनि एक–एक जनाको मृत्यु भएको थियो । मृतक तीनमध्ये दुई जनामा भने उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।
बुधबार यादवको मृत्यु भएको थियो भने भदौ १६ गते सागर राईको मृत्यु भएको थियो । १५ गते रामदेव उराउको मृत्यु भएको थियो । उराउमा उच्च ज्वरो र श्वासप्रश्वासको समस्या थियो भने राईको शरीर नचलेका कारण केही दिनदेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थिए ।
ज्वरोको प्रकोप झुम्का कारागारको ब्लक ‘ए’ र ‘बी’ गरी १ हजार ७ सय ९५ जना कैदीबन्दी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण