निजी स्कुललाई गुठीमा लैजाने तयारी संविधान विपरीत : न्यौपाने
सारांश
- सांसद ईश्वरीदेवी न्यौपानेले निजी स्कुललाई गुठीमा लैजाने सरकारको तयारीको विरोध गरिन्।
- उनले सरकारको यस्तो निर्णयले विद्यार्थी र लगानीकर्ता निराश भएको बताइन्।
- न्यौपानेले कैलालीको एक बस्तीले नदी नियन्त्रणका लागि गरेको प्रयासबारे जानकारी गराइन्।
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले सरकारकै निर्देशनमा कम्पनीमा दर्ता गरिएका निजी स्कुललाई फेरि गुठीमा लैजाने एवम् गैर नाफामूलक बनाउने तयारी संविधान विपरीत रहेको बताएकी छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद न्यौपानेले सरकारको यस्तो तयारी र निर्णयले राम्रो शिक्षा पाइरहेका विद्यार्थी निराश बनेको र स्कुल सञ्चालकको मनोबल घटेको बताइन् ।
‘सरकारकै निर्देशनमा कम्पनीमा दर्ता गरिएका निजी स्कुललाई फेरि गुठीमा लैजाने एवं गैर नाफामूलक बनाउने तयारी संविधान विपरीत छ । यस्ता निर्णयले निजी स्कुलमा लगानीकर्ताको मनोबल घटेको छ । राम्रो शिक्षा पाइरहेका विद्यार्थी पनि निराश छन्,’ सांसद न्यौपानेले भनिन् । ।
उनले सरकारले सञ्चालन गरेका स्कुलहरू सुधार्न पहिला ध्यान दिएपछि प्राइभेट स्कुलमा विद्यार्थीको चाप आफै घट्ने बताइन् । न्यौपानेले गाउँ गाउँमा सिंहदरबार छ भन्ने गरिए पनि त्यो कहाँ छ जनताले भेटाउन नसकेको बताइन् ।
कैलालीका जनताको आवाज भन्दै सांसद न्यौपानेले भनिन्– ‘कैलाली क्षेत्र नं ३ भजनी नगरपालिका वडा नं ४ झल्झलियामा करिव ४३५ घरधुरी छन्। नगरपालिका तीन तिरबाट नदीले घेरिएको छ । पश्चिमतिर कन्द्रा नदीले उग्र रूप लिई बस्ती नै बगाउने जोखिम बढेपछि गाउँको सिंहदरबार, खोज्दा नभेटिएपछि सिङ्गो बस्ती उठेर आफैँले अर्ग्यानिक बाध बाँधेर तत्कालको लागि अस्थायी समाधान गरेका छन् । तत्कालै त्यो ठाउँमा तटबन्धन गरेर जनताको लागि सरकार छ है भन्ने सन्देश दिनको लागि सभामुखमार्फत सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउँछु।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकको सीईओलाई भविष्यसमा समेत अयोग्य ठहर हुनेगरी कारबाही गर्न हुँदैन : सांसद राणा
-
प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नै संसद्लाई समावेशी बनाउनेबारे बहस गरौँ : गगन थापा
-
संविधान संशोधनमा सुशासन, सङ्घीयता र समावेशी प्रतिनिधित्व कांग्रेसको प्राथमिकता : गगन थापा
-
टेकुमा गोली चल्यो, एक जना घाइते
-
नेपालबिना भारत विश्वगुरु बन्न सक्दैन : राजकिशोर यादव
-
ऐन बनाएर हरवा चरवा समुदायको समस्या समाधान गर्छाैँ : मन्त्री पटेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण