फेसबुकलगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्धपछि अब नेपालमा के–के चल्छ ?
काठमाडौँ । सरकारले सूचीकरणमा नआएको भन्दै फेसबुकलगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको छ ।
बिहीबार सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई तोकिएको समयसीमाभित्र सूचीकरणमा नआएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउन निर्देशन दिइसकेको छ ।
अब फेसबुक,एक्स,वाट्सएप, इन्स्टाग्राम,युट्युब,लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्धपछि कुन–कुन चल्छन् भन्ने चासो बढेको छ ।
सरकारको आग्रहबमोजिम यसअघि नै नेपालमा टिकटक, भाइबर, वीटक, निम्बज र पोपो लाइभ सूचीकृत भइसकेका छन् ।
टेलिग्राम र ग्लोबल डायरीले पनि सूचीकरणका लागि मन्त्रालयमा आवेदन बुझाइसकेको छ । त्यसैले अब फेसबुक बाहेक अन्य सामाजिक सञ्जाल नचले पनि नेपालमा दर्ता भएका टिकटक, भाइबर, विटक, निम्बज र पोपो लाइभ चल्ने देखिएको छ ।
सरकारले सामाजिक सञ्जाल प्लाटफर्महरूलाई सात दिनभित्र अनिवार्य रूपमा सूचीकृत हुन दिएको समयसीमा बुधबार रातिदेखि सकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण