एमालेमा विद्याले ल्याएको हलचल (भिडियो)
गत असार १४ गते मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसर पारेर पूर्वराष्ट्रपति विद्या भण्डारीले घोषणा गरिन्- ‘म नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएँ ।‘
पूर्वराष्ट्रपतिको यस्तो घोषणाले एमालेमा मात्रै होइन, राष्ट्रिय राजनीतिमै एकखालको तरङ्ग ल्यायो । भण्डारीले आफूले सदस्यता नवीकरणका लागि निवेदन पनि दिइसकेको बताइन् । उनलाई एमालेका केही पदाधिकारीले खुलेरै स्वागत गरे भने केहीले राष्ट्रपति भइसकेको मान्छे फेरि पार्टी राजनीतिमा आउनुले राम्रो ‘मेसेज’ नदिने बताए । अहिले एमालेमा केपी भर्सेस विद्या जस्तै देखिन थालेको छ ।
ओलीले भण्डारीलाई रोक्न भएभरको शक्ति लगाइरहेका छन् । भण्डारीले पार्टी सदस्यता नवीकरणका लागि दिएको निवेदन ‘पेन्डिङ’मा राखेका छन् ।
पूर्वराष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा किन फर्किइन् ? यसबाट केपी शर्मा ओलीले किन असुरक्षित महसुस गरे ? राष्ट्रपति भइसकेको व्यक्ति पार्टी राजनीतिमा आउनु सही कि गलत ?
विस्तृत भिडियोमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण