संसदीय सुनुवाइ समितिकाे सभापतिमा खतिवडा निर्विरोध
सारांश
- संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिमा रामहरि खतिवडा निर्विरोध निर्वाचित भएका छन्।
- सङ्घीय निजामती सेवा विधेयकमा नैतिक जिम्मेवारी लिएपछि खतिवडाले राजीनामा दिएका थिए।
- सभामुखका प्रेस विज्ञका अनुसार खतिवडाको मात्रै उम्मेदवारी परेको थियो।
काठमाडौँ । संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिमा रामहरि खतिवडा निर्विरोध भएका छन् । सङ्घीय संसद् सचिवालयले उम्मेदवारी दर्ताका लागि तोकेको बिहीबार २ बजेदेखि ४ बजेसम्मको समयमा खतिवडाको मात्रै उम्मेदवारी परेको हो ।
‘सङ्घीय निजामती सेवा विधेयक, २०८० को ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा छेडखानी गर्ने काममा संसदीय विशेष समितिले नैतिक जिम्मेवार ठहर्याएपछि राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएका खतिवडालाई कांग्रेसले सुनुवाइ समितिमा सभापति निर्विरोध भएका हुन् । साउन २८ गते राज्य व्यवस्था तथा सुशासन समिति सभापतिबाट राजीनामा दिएका खतिवडालाई एक महिना नबित्दै अर्को समितिमा सभापति बने ।
सभामुख देवराज घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले तोकिएको समयमा खतिवडाको मात्रै उम्मेदवारी परेको जानकारी दिए ।
समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले भदौ १० गते राजीनामा दिएर राज्य व्यवस्था तथा सुशासन समिति सभापति बनेकी थिइन् । त्यसपछि रिक्त पदमा सभापति चयन गर्नका लागि सङ्घीय संसद् सचिवालयले कार्यतालिका बनाएको थियो । त्यो कार्यतालिकामा बिहीबार उम्मेदवारी दर्ता र शुक्रबार निर्वाचनका लागि समय छुट्टाइएको छ ।
खतिवडा सभापति निर्वाचित भएको आधिकारिक घोषणा शुक्रबार सवा ५ बजे बस्ने समिति बैठकमा घोषणा गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण