कुम्भराज गुरुङलाई ३५ लाख धरौटीमा छाड्न अदालतकाे आदेश
सारांश
- ललितपुर जिल्ला अदालतले मितेरी सहकारी ठगी मुद्दाका अध्यक्ष कुम्भराज गुरुङलाई ३५ लाख धरौटीमा छाड्न आदेश दिएको छ।
- मितेरी सहकारीले सावाँ ब्याजसहित १४ करोड र अन्य पदाधिकारीबाट २२ करोड ठगी गरेको भेटिएको थियो।
- प्रहरीले ८ जना प्रतिवादी बनाएकोमा ३ जना पक्राउ परेका थिए भने अन्य फरार छन्।
काठमाडौँ । जिल्ला अदालत ललितपुरले सहकारी ठगी मुद्दामा मुछिएका मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङलाई ३५ लाख धरौटीमा छाड्न आदेश गरेको छ । न्यायाधीश निर्मला योङयाको इजलासले थुनछेक बहसपछि सहकारीका अध्यक्ष गुरुङसँग ३५ लाख धरौटी माग्ने आदेश दिएको हो ।
मितेरी सहकारीको सावाँ ब्याजसहित १४ करोड र सहकारीका पदाधिकारीबाट थप रकमसमेत गरेर उनले २२ करोड रुपैयाँ ठगेको भेटिएको थियो । यसअघि न्यायाधीश योङयाको इजलासले तीन अभियुक्तमध्ये दुई जनालाई थुनामा पठाउन र एक जनालाई धरौटीमा छाड्ने आदेश दिएको थियो ।
अदालतले सुरेश अधिकारीलाई ७ लाख धरौटीमा छाडने आदेश गरेको छ भने ज्योतिबहादुर भण्डारी र सुवास खत्रीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । सहकारी ठगी मुद्दामा ८ जना प्रतिवादी बनाइएकोमा प्रहरीले ३ जना मात्र पक्रेर अदालतमा पेस गरेको थियो । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङसहित ४ जना फरार छन् ।
ललितपुरमा कार्यालय रहेको मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङ, महाप्रबन्धक ज्योति गुरुङ र पक्राउ परेका ३ जनासहित ८ जनालाई प्रतिवादी कायम गरेर मुद्दा दायर गरिएको थियो ।
सहकारीको रकम अपचलनमा प्रहरीले ज्योति गुरुङ र भण्डारीसँग १७ करोड बिगो मागदाबी लिइएको थियो । ज्योतिबहादुर भण्डारीसँग ‘कनेक्सन’ देखिएका सुरेश अधिकारी र सुवास खत्रीलाई प्रहरीले राष्ट्र बैङ्क ऐन र हुन्डी सम्बन्धी कसुरमा थप १३ करोड बिगो मागदाबी गरिएको थियो ।
धेरैजसो थाइल्यान्ड र कम्बोडियामा बस्ने भण्डारीले ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम मात्रै ठगेनन् ‘आकर्षक व्याज’ को लोभ देखाएर सहकारीका अध्यक्ष कुम्भराज गुरुङ र महाप्रबन्धक ज्योति गुरुङसँग व्यक्तिगत रूपमा करोडौँ ठगेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री निर्वाचित, कार्यसमितिमा प्यानलकै वर्चस्व
-
सर्वदलीय बैठकमा कांग्रेसबाट आङ्देम्बे र खातुन सहभागी
-
सिन्धुलीको पर्यटन प्रवर्द्धनका लागि नागरिक स्तरबाट श्वेतपत्र जारी, सांसद गजुरेललाई बुझाइयो मागपत्र
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण