अदालत
किरण साहलाई ५ हजार धरौटीमा रिहा गर्न अदालतकाे आदेश
बिहीबार, १९ भदौ २०८२, १७ : २१
सारांश
- पर्सा जिल्ला अदालतले किरण साहलाई ५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ।
- खानेपानी मन्त्रीसँगको विवादपछि साहलाई हिरासतमा लिइएको थियो, र उनीमाथि मुद्दा दर्ता भएको थियो।
- साहविरुद्ध विद्युतीय कारोबार, सांसदलाई धम्की र अफवाह फैलाएको आरोप लागेको थियो।
वीरगन्ज । पर्सा जिल्ला अदालतबाट किरण साह धरौटीमा रिहा भएकी छन् ।
बिहीबार जिल्ला अदालतका न्यायाधीश कमलकान्त जोशीको इजलासले साहलाई ५ हजार रुपैयाँ धरौटी माग गर्दै रिहा गर्न आदेश गरेको हो ।
पाँच दिन हिरासतमा रहेकी साह धरौटी बुझाएपछि रिहा हुनेछिन् । खानेपानी मन्त्री प्रदीप यादवसँगकाे विवादपछि उनीमाथि तीन वटा मुद्दा दर्ता भएको थियो ।
साहविरुद्ध प्रहरीले विद्युतीय कारोबार सम्बन्धी अपराध, सङ्घीय सांसदलाई ज्यान मार्ने धम्की दिन नहुने र झुटा अफवाह फैलाएको कसुर सम्बन्धी मुद्दा दर्ता गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण