भारतको कर प्रणालीमा ठुलो परिवर्तन : विलासी र हानिकारक वस्तु महँगिने
काठमाडौँ । भारतको जीएसटी (वस्तु तथा सेवा कर) प्रणालीमा ठुलो परिवर्तनको घोषणा गरिएको छ । अब ४ वटा स्ल्याबको सट्टा केवल दुई स्ल्याब – ५५ र १८५ – लागु हुनेछन् ।
यस निर्णयले आम आवश्यकताका वस्तुहरूका साथै केही विलासी वस्तुहरू पनि सस्तो हुनेछन् भने केही हानिकारक तथा विलासी वस्तुहरू महँगो हुने भएका छन् । यसबारे वित्त मन्त्री निर्मला सीतारमणले सेप्टेम्बर ३ मा जीएसटी परिषद्को ५६औँ बैठकपछि जानकारी गराएकी हुन् ।
सस्तो हुने वस्तुहरू
नयाँ व्यवस्थाअनुसार साबुन, स्याम्पुजस्ता दैनिक उपभोगका वस्तुहरूका साथै एसी (एयर कन्डिसनर) र कार जस्ता वस्तुहरू पनि सस्तो हुने अपेक्षा गरिएको छ ।
जीएसटी मुक्त हुने वस्तु तथा सेवाहरू
वित्तमन्त्री सीतारमणले दूध, रोटी, पराठा, छेनालगायत धेरै खाद्य वस्तुहरू अब जीएसटीमुक्त हुने जानकारी दिइन् । व्यक्तिगत स्वास्थ्य र जीवन बीमामा पनि कर लाग्ने छैन । यसका साथै ३३ वटा जीवन रक्षक औषधिहरू, दुर्लभ तथा गम्भीर रोगका औषधिहरू पनि करमुक्त हुनेछन् ।
महँगो हुने वस्तु तथा सेवाहरू
यसको विपरीत विलासी वस्तुहरू र सुर्तीजन्य उत्पादनहरूमा अब २८५ को सट्टा ४०५ जीएसटी लाग्नेछ । यस स्ल्याबमा मझौला र ठुला कारहरू तथा ३५० सीसीभन्दा बढी इन्जिन क्षमताका मोटरसाइकलहरू पर्नेछन् ।
यी नयाँ स्ल्याबहरू सेप्टेम्बर २२ अर्थात् नवरात्रिको पहिलो दिनदेखि लागु हुनेछन् । यद्यपि सुर्तीजन्य सामानमा नयाँ ४०५ जीएसटी दर तत्काल लागु हुने छैन । यी परिवर्तनहरूको मुख्य उद्देश्य आम नागरिकलाई राहत दिनु, साना व्यवसायहरूलाई सहयोग गर्नु र सुर्तीजन्य जस्ता हानिकारक उत्पादनहरूको प्रयोगलाई कर बढाएर कम गर्नु भएको वित्तमन्त्री सीतारमणले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
-
इरानको आक्रमणपछि ट्रम्पद्वारा ‘भीषण हमला’को चेतावनी
-
बाबुले चक्कु प्रहार गर्दा २१ वर्षीय छोराको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण