कसलाई सक्काइदिने कुरा गर्दैछन् अमेरिकी विदेशमन्त्री मार्काे रुबियो ?
शुक्रबार, २० भदौ २०८२, ११ : ३६
सारांश
- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आवश्यकता परे विदेशी गिरोहलाई सखाप पार्ने बताए।
- रुबियोले इक्वेडरको भ्रमणमा क्रममा अन्य देशहरूको सहयोग लिइने बताए।
- उनले इक्वेडरका दुई आपराधिक गिरोहलाई विदेशी आतङ्कवादी घोषणा गरे।
वासिङ्टन डीसी । आवश्यकता पर्यो भने अमेरिकाले विदेशी अपराध गिरोहहरूलाई सखाप गर्ने अमेरिकी विदेशमन्त्री मार्काे रुबियोले भनेका छन् ।
यसका लागि अन्य देशहरूको सहयोग लिन सकिने पनि उनले बताए । इक्वेडरमा आफ्नो भ्रमणको क्रममा रुबियोले यो अभिव्यक्ति दिएका हुन् । ‘अब उनीहरूले (अन्य देशहरूले) आवश्यक परेमा यी मानिसहरूलाई फेला पार्न र हटाउन हामीलाई मद्दत गर्नेछन्,’ उनले भने ।
यस क्रममा रुबियोले इक्वेडरका दुई प्रमुख आपराधिक गिरोह, लस लोबोस र लस चोनेरोसलाई विदेशी आतङ्कवादी सङ्गठन घोषणा गर्ने घोषणा पनि गरे ।
केही दिन अघि अमेरिकी सुरक्षा बलहरूले क्यारिबियन सागरमा एउटा डुङ्गामा आक्रमण गरेपछि उनको यो भनाइ आएको हो । यस आक्रमणमा ११ जना लागूऔषध तस्करहरू मारिएको ह्वाइट हाउसले बताएको छ थियो । यस आक्रमणमा मर्नेहरूको पहिचान सार्वजनिक गरिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण