सच्चाइलाई लिएर हाम्रो विरोध गर्ने सामर्थ्य कसैसँग छैन : ओली
सारांश
- केपी शर्मा ओलीले पार्टीभित्र अनुशासनमा कमी देखिएको बताए।
- उनले पार्टी उज्ज्वल भविष्यतर्फ अघि बढिरहेको दाबी गरे र आगामी निर्वाचनलाई लक्षित गरी 'मिसन २०८४' सुरु गरिएको बताए।
- ओलीले एमालेका नीति नै राष्ट्रिय नीति भएको र यसैबाट सामाजिक न्याय, विकास र आर्थिक सुधार हासिल गर्न सकिने बताए।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अनुशासनमा कमी देखिएको बताएका छन् । यद्यपि एमाले उज्ज्वल भविष्यतर्फ अघि बढिरहेको समेत उनले दाबी गरेका छन्।
शुक्रबारदेखि ललितपुरको गोदावरीमा सुरु भएको विधान अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी सशक्त रूपमा अघि बढिरहेको बताए। उनले भने, ‘पार्टीमा अनुशासनमा कमी, अलि बेलगाम हुन पाए हुने भन्ने प्रवृत्ति छ। तर पनि हामी उज्ज्वल भविष्यतर्फ अगाडि बढेका छौँ।’
उनले आगामी निर्वाचनलाई लक्षित गर्दै सुरु गरिएको ‘मिसन २०८४’ मा पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा प्रस्तुत गर्ने स्पष्ट गरे । ओलीका अनुसार एमालेका नीति–कार्यक्रम नै राष्ट्रिय नीति हुन् र त्यहीमार्फत सामाजिक न्याय, विकास र सामूहिक आर्थिक सुधार हासिल गर्न सकिनेछ।
विपक्षी दलहरूले एमालेविरुद्ध अनर्गल प्रचार गरिरहेको दाबी गर्दै ओलीले भने– ‘हाम्रो नीति नै राष्ट्रिय नीति हुन्। हाम्रा विरोधीले हाम्रो विरोध गरिरहेका छन्। तर सच्चाइलाई लिएर हाम्रो विरोध गर्ने सामर्थ्य कसैसँग छैन।’
अध्यक्ष ओलीले पार्टीलाई अनुशासन, समर्पण र राष्ट्रिय लक्ष्यका आधारमा सुदृढ गर्दै अघि बढाउन सबै तहका नेता कार्यकर्तालाई आह्वान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण