युट्युब बन्द भएपछि संसद्को अर्काइभ र प्रत्यक्ष प्रसारणबारे सभामुखको चासो
सारांश
- सभामुख देवराज घिमिरेले सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयपछि संसदको लाइभ प्रसारणबारे चासो व्यक्त गरे।
- उनले युट्युबमा अपलोड भएका भिडियोको सुरक्षा र वैकल्पिक माध्यमको व्यवस्थापनबारे पनि चासो राखेका थिए।
- सभामुखले संघीय संसद सचिवालयलाई बैठकको प्रत्यक्ष प्रसारणका लागि निर्देशन दिएका छन्।
काठमाडौँ । सभामुख देवराज घिमिरेले सरकारले दर्ता नभएका सामाजिक सञ्जालका प्लेटफर्म बन्द गर्ने निर्णय गरेसँगै संसद्को अर्काइभ र अबका बैठक कसरी लाइभ गर्ने हो भन्नेबारे चासो राखेका छन् ।
बिहीबार सरकारले दर्ता नभएका सामाजिक सञ्जालका प्लेटफर्म बन्द गर्ने निर्णय गरेपछि सङ्घीय संसद् सचिवालयको प्रविधि व्यवस्थापन महाशाखासँग संसद्को अर्काइभ र संसद्को आगामी बैठकको प्रत्यक्ष प्रसारणबारे चासो राखेका उनका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार सभामुख घिमिरेले युट्युबमा अपलोड भएका संसद्का भिडियोको सुरक्षाबारे पनि महाशाखासँग चासो राखेका थिए । ‘सङ्घीय संसद् सचिवालयलाई प्रसारण व्यवस्थापन र सूचना प्रवाहका वैकल्पिक माध्यमको व्यवस्थापनका लागि सभामुख घिमिरेले निर्देशन दिइसक्नुभएको छ,’ प्रेस विज्ञ अधिकारीले रातोपाटीसँग भने ।
बिहीबार नै सभामुख घिमिरेले सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेलाई युट्युब बन्द भएपछि अबको बैठक कुन प्लेटफर्मबाट प्रत्यक्ष प्रसारण गर्ने हो, अहिलेसम्म युट्युबमा अपलोड भएको सुरक्षाको प्रबन्ध मिलाउन निर्देशन दिएका थिए । शुक्रबार प्रतिनिधिसभामा सचिव हर्कराज राईलाई पनि यसबारे व्यवस्थापन गर्न सभामुखले निर्देशन दिएका अधिकारीले जानकारी दिए ।
सङ्घीय संसद्को दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकको प्रत्यक्ष प्रसारण युट्युबबाट हुँदै आएको थियो ।
अब प्रतिनिधिसभाको बैठक भदौ २५ गते र राष्ट्रियसभाको बैठक भदौ २३ गतेका लागि बोलाइएको छ । ती बैठक कसरी कुन प्लेटफर्मबाट प्रत्यक्ष प्रसारण गर्ने हो भन्नेबारे पनि सभामुखले चासो राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण