विश्वकप २०२६ मा आफ्नो सहभागिताबारे के भन्छन् मेस्सी ?
सारांश
- लियोनल मेस्सीले २०२६ को विश्वकपमा सहभागी हुने कुरा अहिले नै निश्चित नभएको बताए।
- मेस्सीले शारीरिक स्वास्थ्य ठीक रहेमा विश्वकप खेल्न सक्ने कुरा स्वीकार गरे।
- इक्वेडरविरुद्धको खेल नखेल्ने र अर्जेन्टिनामा यो उनको अन्तिम खेल हुनसक्ने सम्भावना छ।
काठमाडौँ । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले सन् २०२६ मा अमेरिका, मेक्सिको र क्यानडामा हुने फिफा विश्वकपमा आफ्नो सहभागिता अझै निश्चित नभएको बताएका छन् ।
भेनेजुएलाविरुद्ध ३-० को जितपछि घरेलु मैदानमा अर्जेन्टिनाको लागि अन्तिम छनोट खेल खेलेका मेस्सीले अर्को विश्वकपबारे अहिले नै नसोचेको स्पष्ट पारेका हुन् । खेलपछिको पत्रकार सम्मेलनमा मेस्सीले भने, 'मैले पहिले पनि भनेको छु, मलाई लाग्दैन कि म अर्को विश्वकप खेल्नेछु । मेरो उमेरमा यो सोच्नु स्वाभाविक हो कि म नखेल्न सक्छु ।'
यद्यपि, मेस्सीले सन् २०२६ को विश्वकपमा उनको सहभागिता उनको शारीरिक फिटनेसमा निर्भर रहने स्वीकार गरे। 'दिन प्रतिदिन मलाई मेरो स्वास्थ्य राम्रो भएको महसुस भइरहेको छ । जब मलाई सबै कुरा ठीक लाग्छ, म त्यसको आनन्द लिन्छु । यदि राम्रो लागेन भने म त्यसको आनन्द लिँदिनँ,' उनले थपे ।
मेस्सीले सन् २०२२ को विश्वकप खेल्नुअघि पनि एक वर्ष अगाडि नै प्रतियोगितामा खेल्नेबारे निर्णय नगरेको तर अन्तिम समयमा मात्र त्यसको निर्णय गरेको बताए । 'मैले अहिलेसम्म विश्वकपबारे निर्णय गरेको छैन । म खेलअनुसार अगाडि बढ्छु, सिजन समाप्त गर्छु, त्यसपछि प्रिसिजन हुन्छ । ६ महिनामा मलाई कस्तो लाग्छ हेर्ने छु । आशा छ म यो सिजन बलियो रूपमा सक्नेछु,' मेस्सीले भने ।
यसैबिच मेस्सीले इक्वेडरविरुद्धको आगामी खेल भने नखेल्ने पुष्टि गरेका छन् । भेनेजुएलाविरुद्धको ३-० को जितमा दुई गोल गरेपछि उनले सञ्चार माध्यमसँग कुरा गर्दै यसबारे बताएका थिए ।
अर्जेन्टिनामा मेस्सीको लागि यो अन्त्य हो वा होइन भन्ने हेर्न बाँकी छ । तर विश्वभर मैत्रीपूर्ण खेलहरू र उत्तरी अमेरिकामा विश्वकप खेल्न बाँकी हुँदा भेनेजुएलाविरुद्धको खेल उनको आफ्नै देशमा अन्तिम प्रतिस्पर्धी खेल हुन सक्छ । यदि त्यसो हो भने अन्तर्राष्ट्रिय खेल विज्ञहरूले उनको यो बिदाइको तरिका राम्रो भएको प्रतिक्रिया दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण