सूचना प्रविधि विभागका महानिर्देशक पौड्यालले दिए राजीनामा
सारांश
- सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौड्यालले राजीनामा दिएका छन्।
- उनले व्यक्तिगत तथा पारिवारिक कारणले राजीनामा दिएको बताएका छन्।
- बढुवाको सम्भावना नभएको र कुलिङ पिरियडको कारणले राजीनामा दिएको अनुमान गरिएको छ।
काठमाडौँ । सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौड्यालले राजीनामा दिएका छन् । सूचना प्रविधि प्राविधिक समूहका सहसचिवको रूपमा विभागको नेतृत्व गरिरहेका उनले राजीनामा दिएको मन्त्रालयको प्रशासन तथा योजना महाशाखाका प्रमुख कोशहरि निरौलाले पुष्टि गरे ।
राजीनामामा उनले व्यक्तिगत तथा पारिवारिक कारणले सेवामा निरन्तरता दिन नसक्ने उल्लेख गरेको निरौलाको भनाइ छ ।
अहिलेसम्म सूचना प्रविधि प्राविधिकतर्फ सहसचिवभन्दा माथि बढुवा हुने ठाउँ छैन । सरकारले ल्याएको निजामती सेवा विधेयकले यसअघि अतिरिक्त सचिव राख्ने व्यवस्था गरेकोमा यो क्लस्टर समेत समावेश हुने अपेक्षा गरिएको थियो ।
तर, प्रतिनिधिसभाबाट पारित भएको अतिरिक्त सहसचिव राख्ने विधेयक राष्ट्रिय सभाले परिवर्तन गरेको छ । यसलाई प्रतिनिधिसभाले समेत स्वीकार गर्ने अवस्था देखिएको छ ।
पौड्यालले व्यक्तिगत तथा पारिवारिक कारण भनेर राजीनामा दिए पनि अब बढुवा हुनसक्ने ठाउँ नरहेको र कुरेर बस्दा कुलिङ पिरियडले अप्ठ्यारोमा पार्ने देखिएकोले अहिल्यै राजीनामा दिएको हुनसक्ने मन्त्रालयका अधिकारीहरूको अनुमान छ ।
‘उहाँ क्षमतावान् व्यक्ति हुनुहुन्छ, अन्त पनि अवसर पाउने क्षमता राख्नुहुन्छ, निजामती विधेयक आएपछि राजीनामा दिँदा २ वर्षको कुलिङ पिरियड लाग्ने भएकोले अहिल्यै छोडौँ भन्ने लागेको हुन सक्छ,’ मन्त्रालयका ती अधिकारीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण