स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूबिच कार्यसम्पादन सम्झौता
सारांश
- स्वास्थ्य मन्त्रालयले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूसँग कार्यसम्पादन सम्झौता गरेको छ, जसले स्वास्थ्य सेवालाई थप जिम्मेवार बनाउने लक्ष्य राखेको छ।
- सम्झौतामा अस्पताल सेवालाई सहज, सर्वसुलभ र पारदर्शी बनाउने, डिजिटलाइजेसन गर्ने, र बिरामीमैत्री पूर्वाधार निर्माण गर्ने उल्लेख छ।
- मन्त्री पौडेलले यस सम्झौता स्वास्थ्य क्षेत्रमा सुशासनको आधारशिला भएको र मन्त्रालयले कार्यान्वयनमा सहयोग गर्ने बताए।
काठमाडौँ । स्वास्थ्य सेवालाई थप जिम्मेवार, पारदर्शी र परिणाममुखी बनाउने उद्देश्यसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूसँग आज कार्यसम्पादन सम्झौतामा गरेको छ ।
मन्त्रालयमा आयोजित कार्यक्रममा पोखरा, पाटन, कर्णाली, राप्ती, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलसँग सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
मन्त्री पौडेलले अस्पताल सेवालाई सहज, सर्वसुलभ र पारदर्शी बनाउने सम्झौताको मुख्य लक्ष्य रहेको बताए । ‘यो सम्झौता केवल केही बुँदाहरूको सूचीमात्र होइन, स्वास्थ्य क्षेत्रमा विस्तार र सुशासनको आधारशिला हो । यसको पूर्ण कार्यान्वयनले स्वास्थ्य प्रणालीको संस्थागत विकास, जवाफदेहिता र पारदर्शी कार्ययोजना तथा तथ्याङ्कमा आधारित व्यवस्थित स्वास्थ्य प्रणालीको स्थापित हुनेछ’, उनले भने ।
स्वास्थ्य सचिव डा.विकास देवकोटाले उक्त सम्झौतालाई कार्यान्वयन गर्न मन्त्रालयले प्रतिष्ठानहरूलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सम्झौतालाई मन्त्रालय र प्रतिष्ठानहरूको साझा लक्ष्यको दस्तावेजका रूपमा व्याख्या गर्दै यसको सफलताका लागि आवश्यक पर्ने सहयोग गर्न मन्त्रालय तयार रहेको उनले स्पष्ट पारे ।
उक्त सम्झौतामा अस्पतालको सेवा प्रवाहलाई डिजिटलाइज गर्ने, बिरामीमैत्री पूर्वाधार निर्माण गर्ने, औषधि आपूर्तिलाई सहज बनाउनेदेखि लिएर हरेक प्रतिष्ठानका लागि विशिष्टिकृत स्वास्थ्य सेवा विस्तार गर्नेसम्मका दर्जनौँ बुँदाहरू समावेश गरिएका छन् । मन्त्रालयले अब यस सम्झौताको कार्यान्वयनको निरन्तर अनुगमन गरी मूल्याङ्कन गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण