वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीको आकर्षक प्रलोभन देखाएर ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा विशाल बुढा मगर, निकेश ढुङ्गाना, र योगेन्द्र सिंह दनुवार रहेका छन्।
प्युठानका ३४ वर्षीय विशाल बुढा मगरले क्यानडा पठाइदिने भन्दै दुई जनाबाट १५ लाख ३० हजार रुपैयाँ ठगी गरेका थिए। त्यस्तै, झापाका ३० वर्षीय निकेश ढुङ्गानाले बेलायत (युके) पठाइदिने भन्दै एक जनाबाट ४१ लाख रुपैयाँ ठगी गरेका थिए। महोत्तरीका ४४ वर्षीय योगेन्द्र सिंह दनुवारले पनि अल्बानिया पठाइदिने भन्दै एक जनाबाट ९ लाख ३४ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई क्रमशः बिहीबार र शुक्रबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण