विधान महाधिवेशन
एमाले विधान महाधिवेशन : गण्डकीको टोली नेता चयनमा विवाद
शनिबार, २१ भदौ २०८२, १९ : १८
सारांश
- नेकपा एमालेको विधान महाधिवेशनमा गण्डकी प्रदेशका नेताहरूबीच टोली नेता चयनको विषयमा विवाद भयो।
- विवादका क्रममा हात हालाहालको स्थिति उत्पन्न भएको थियो, तर अन्त्यमा मीन गुरुङ टोली नेता चयन भए।
- खगराज अधिकारी र किरण गुरुङ पदम गिरीलाई नेता बनाउन चाहँदा पृथ्वीसुव्वा गुरुङले मीन गुरुङलाई अघि सारेका थिए।
काठमाडौँ । नेकपा एमालेको विधान महाधिवेशन अन्तर्गत गण्डकीको टोली नेता चयनमा नेताहरूबिच विवाद भएको छ । विवाद बढ्दै जाँदा झन्डै हात हालाहालको स्थिति पैदा भएको एक नेताले जानकारी दिए ।
ती नेताका अनुसार नेता खगराज अधिकारी र किरण गुरुङ पक्षले पदम गिरीलाई टोली नेता बनाउन चाहे पनि पृथ्वीसुव्वा गुरुङ पक्षले मीन गुरुङलाई अघि सारेका थिए ।
विवाद बढ्दै जाँदा युवा सङ्घका पूर्व उपाध्यक्ष तथा कास्कीका युवा नेता माधव बास्तोला र गण्डकी इन्चार्ज गुरुङबिच भनाभन चलेको थियो । तर अन्त्यमा मीन गुरु नै टोली नेता बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण