करेन्ट लागेर सुपरहेवा हाइड्रोपावरका एक मजदुरको मृत्यु
शनिबार, २१ भदौ २०८२, २१ : २७
सारांश
- सङ्खुवासभाको सुपरहेवा हाइड्रोपावरमा काम गर्ने एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ।
- मृत्यु हुनेमा काभ्रेपलाञ्चोकका २९ वर्षीय क्रान्ति तामाङ रहेका छन्।
- विद्युत पोल नजिकै रुखको हाँगा काट्ने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको हो।
सङ्खुवासभा । यहाँको चैनपुर नगरपालिका-४ स्थित सुपरहेवा हाइड्रोपावरमा कार्यरत मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ का २९ वर्षीय क्रान्ति तामाङको आज करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश लिम्बूले जानकारी दिए ।
आज दिउँसो विद्युत् पोल आसपास रुखको हाँगा हटाउने क्रममा करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँ जलविद्युत आयोजनाद्वारा सात योजना निर्माणाधीन
-
बेलायतको बेडफोर्डमा दुई रेल एकआपसमा ठोक्किए, १ जनाको मृत्यु, ८९ घाइते
-
अमेरिकाले रच्यो ९६ वर्ष पुरानो इतिहास, अस्ट्रेलियालाई हराउँदै नकआउट चरणमा
-
डोटीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस स्थापना
-
पोखराको लेकसाइडमा खानेपानी समस्या
-
जारी विश्वकपमा आत्मघाती गोलको सङ्ख्या ७ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण