अभियानको मुख्य लक्ष्य जनताको समस्या सिंहदरबारसम्म पुर्याउनु हो : अध्यक्ष प्रचण्ड
सारांश
- माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लमजुङको श्री भक्ति नमूना माध्यमिक विद्यालयमा संवाद कार्यक्रममा भाग लिए।
- प्रचण्डले मध्यपहाडी लोकमार्ग अभियानको उद्देश्य जनताको समस्या बुझेर सिंहदरबारसम्म पुर्याउनु रहेको बताए।
- उनले जनयुद्धका सहिद परिवार र सरकारका कामबारे चर्चा गर्दै सुशासन र सामाजिक न्यायको महत्वबारे बोले।
लमजुङ । पुष्पलाल मध्यपहाडी लोकमार्ग अभियानअन्तर्गत नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली शनिबार श्री भक्ति नमूना माध्यमिक विद्यालय पुगेको छ।
विद्यालयमा आयोजित संवाद कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आफ्नो लामो राजनीतिक यात्रामा यस विद्यालयसँग विशेष सम्बन्ध रहेको स्मरण गर्दै भने, “म धेरै अघि यहाँ आएको थिएँ, पहिलो पटक प्रधानमन्त्री भएपछिसमेत यो विद्यालयमा आएको थिएँ।”
उनले हालैको लमजुङ कृषि क्याम्पस अवलोकन र त्यहाँ छलफल गरेको उल्लेख गर्दै वर्षा यामका कारण पोखरामा रोकिएको मध्यपहाडी लोकमार्ग अभियान पुनः सुरु गरिएको बताए। “हामीले बैतडीदेखि कास्कीसम्म अभियान चलाउँदा बर्खाका कारण स्थगित गर्नुपरेको थियो। अहिले फेरि यसलाई निरन्तरता दिएका छौँ। यस अभियानमा हाम्रो जोडिनुको मुख्य उद्देश्य जनताको समस्या बुझेर सिंहदरबारसम्म पुर्याउनु हो,” प्रचण्डले स्पष्ट गरे।

अभियानका क्रममा जनयुद्ध र जनक्रान्तिका सहिद तथा बेपत्ता परिवारसँग निरन्तर भेटघाट भइरहेको जानकारी दिँदै उनले उनीहरूको पीडा सम्बोधन गर्न पार्टीले प्रयासरत रहेको बताए। साथै, सरकारमा रहँदा सामाजिक न्याय, सुशासन र विदेशमा रहेका नागरिकका लागि सामाजिक सुरक्षा कोषमा समावेश गर्ने जस्ता काम गरेको पनि स्मरण गरे ।

“राम्रो काम गर्दै गर्दा हामीलाई सरकारबाट हटाइए पनि भ्रष्ट्राचार अन्त्य र सुशासनको अपेक्षा राख्ने जनताको मनबाट हामी हटेका छैनौँ,” प्रचण्डले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण