शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

युक्रेनको मुख्य सरकारी भवनमा रुसले गर्‍यो आक्रमण

आइतबार, २२ भदौ २०८२, १२ : ४९
आइतबार, २२ भदौ २०८२

सारांश

  • रुसले युक्रेनको मुख्य सरकारी भवनमा आक्रमण गरेको छ, जसले भवनको छाना र माथिल्लो तल्लामा क्षति पुर्याएको छ।
  • किभका मेयरका अनुसार ड्रोन आक्रमणका कारण आगलागी भएको थियो, जसमा दुई जनाको मृत्यु र १३ जना घाइते भएका छन्।
  • रुसले राष्ट्रपति जेलेन्स्कीको गृहनगर क्रिभीरेहमा पनि आक्रमण तीव्र पारेको छ, आइतबार बिहान किभमा विस्फोटहरू भएका थिए।

किभ । रुसले युक्रेनको मुख्य सरकारी भवनमाथि आक्रमण गरेको छ । रुसले पहिलो पटक मुख्य सरकारी भवनलाई निशाना बनाएर आक्रमण गरेको युक्रेनकी प्रधानमन्त्री युलिया स्विरिडेन्कोले बताएकी छिन् ।

‘पहिलो पटक, शत्रुको आक्रमणमा सरकारी भवनको छाना र माथिल्लो तलाहरू क्षतिग्रस्त भएका छन् । उद्धारकर्मीहरूले आगो निभाइरहेका छन्’ स्विरिडेन्कोले फेसबुकमा लेखेकी छिन् । 

सरकारी भवनमा आगलागी ड्रोन आक्रमणका कारण भएको किभका मेयर भिटाली क्लिच्कोले बताए । क्लिच्कोले टेलिग्राममा मध्य पेचस्र्की जिल्लामा अवस्थित भवनमा अग्नि नियन्त्रकहरूले अझै आगो निभाउने काम गरिरहेको बताइन् । किभका अन्य भागहरूमा पनि आक्रमण भएको बताइएको छ । यी आक्रमणमा एउटा गोदाम, १६ तले आवासीय भवन र चारतले भवनलाई निशाना बनाइएको थियो । 

राजधानी किभमा राति भएको रुसी ड्रोन आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको र १३ जना घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । रुसले मध्य युक्रेनमा रहेको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगर क्रिभीरेहमा पनि आक्रमण तीव्र पारेको छ । 

आइतबार बिहान किभमा धेरै विस्फोटहरू भएका थिए । यी मध्ये कम्तीमा एउटा विस्फोट सहरको केन्द्रमा भएको थियो, जुन बीबीसीले पनि देखेको थियो । धेरै क्रूज मिसाइलहरूले किभलाई पनि लक्षित गरेका बीबीसीले समाचार छापेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप