टीसीएलको दसैँ, तिहार अभियान सुरु, आकर्षक छुट र उपहारहरू दिने घोषणा
सारांश
- सीजी इलेक्ट्रोनिक्सले दसैँ-तिहारको अवसरमा विशेष योजना सुरु गरेको छ।
- यस योजनामा ग्राहकले २ लाख ८ हजार २०० रुपैयाँसम्मको नगद छुट पाउनेछन्।
- विभिन्न उत्पादनको खरिदमा वाटर डिस्पेन्सर, डिटर्जेन्ट, र नेटटिभीको सदस्यता उपहार पाइनेछ।
काठमाडौँ । नेपालका लागि टीसीएलको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले दसैँ-तिहारको अवसर पारेर ‘ग्रेटनेस इन एभ्री मोमेन्ट, इन्सपायर एभ्री सेलिब्रेसन’ नामक विशेष अभियान सुरु गरेको छ। यस योजनामार्फत ग्राहकहरूलाई आकर्षक छुट र पक्का उपहार दिने कम्पनीको लक्ष्य छ।
यस अभियानअन्तर्गत ग्राहकहरूले २ लाख ८ हजार २०० रुपैयाँसम्मको नगद छुट पाउन सक्नेछन्। साथै, विभिन्न उत्पादनको खरिदमा थप उपहारहरूको पनि व्यवस्था गरिएको छ। टीसीएल साइड बाई साइड रेफ्रीजरेटर किन्दा निःशुल्क वाटर डिस्पेन्सर, वासिङ मेसिन किन्दा ६ केजी एरियल डिटर्जेन्ट, एयर कन्डिसनर किन्दा निःशुल्क जडान सुविधा र ४३ इन्च वा सोभन्दा ठुला टीसीएल टिभी किन्दा ९ महिनाको नेटटिभीको निःशुल्क सदस्यता प्राप्त गर्न सकिनेछ।
यो अभियान भदौ १९ गतेदेखि सीमित अवधिका लागि नेपालभरका सबै आधिकारिक शोरूम र विक्रेताहरूमा लागू गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण