करेन्ट लागेर बालकको मृत्यु : दोषीलाई कडा कारबाही गर्न माग
सारांश
- नेपाल दलित मुक्ति मोर्चाले बैतडीमा करेन्ट लागेर बालकको मृत्युको घटनाको विरोध गरेको छ।
- मृतकका परिवारले न्याय र क्षतिपूर्तिको माग गर्दै माइतीघर मण्डलामा धर्ना दिइरहेका छन्।
- मोर्चाले घटनाको छानबिन गरी दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेको छ।
काठमाडौँ । नेपाल दलित मुक्ति मोर्चाले बैतडीमा करेन्ट लागेर मृत्यु भएका १४ वर्षीय बालक किरण कोलीको घटनाको विरोधमा पीडित परिवारले गरेको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मृतकका परिवारले न्याय र क्षतिपूर्तिको माग गर्दै माइतीघर मण्डलामा धर्ना दिइरहेका छन्।
गत साउन १७ गते बैतडीको डिलासैनी गाउँपालिका-३, गिरिबगरका बालक किरण कोलीको चौलानी नदी किनारस्थित विन्नेगाडमा खेल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो। विज्ञप्तिअनुसार, विद्युतीय प्रसारण लाइनमुनि अवैधरूपमा थुपारिएको बालुवामा खेल्दा यो घटना भएको हो। यो बालुवा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री सुरेन्द्र पालकी पत्नी मनिषा पालको निङ्लासैनी कन्सट्रक्सन कम्पनीले थुपारेको मोर्चाको आरोप छ।
मोर्चाका अध्यक्ष दलजीत श्रीपालीले जारी गरेको विज्ञप्तिमा पीडित परिवारले प्रहरी कार्यालयमा उजुरी दिन खोज्दा प्रशासनले नलिएको र घटनालाई ढाकछोप गर्न खोजिएको उल्लेख छ। मोर्चाले यो घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ।
मोर्चाले मृतक बालकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण