सत्यनिरूपण आयोगमा थप १५ हजारभन्दा बढी नयाँ उजुरी दर्ता
सारांश
- सत्यनिरूपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालका घटनासम्बन्धी १५ हजारभन्दा बढी नयाँ उजुरी प्राप्त गरेको छ।
- आयोगमा ५ हजार ४७१, जिल्लाबाट ५ हजार ८८ र जबरजस्ती करणी वा यौनजन्य हिंसासम्बन्धी ३ हजार ९१२ उजुरी परेका छन्।
- आयोगका अध्यक्ष महेश थापाले पीडितहरूको गोपनीयतालाई ध्यानमा राखेर काम अघि बढाउने बताए।
काठमाडौँ । सत्यनिरूपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालका घटनासम्बन्धी १५ हजारभन्दा बढी नयाँ उजुरी प्राप्त गरेको छ। आयोगले आइतबार पत्रकार सम्मेलन गरी जबरजस्ती करणी वा गम्भीर यौनजन्य हिंसासँग सम्बन्धित उजुरीका लागि ३ महिने सूचना जारी गर्दा ती उजुरीहरू प्राप्त भएको जनाएको छ।
आयोगका सदस्य तथा प्रवक्ता अच्युतप्रसाद भण्डारीले दिएको जानकारीअनुसार, कुल १५ हजार १९१ नयाँ उजुरीमध्ये ५ हजार ४७१ आयोगमा, ५ हजार ८८ जिल्लाबाट र ३ हजार ९१२ जबरजस्ती करणी वा यौनजन्य हिंसासम्बन्धी रहेका छन्। यसअघि यौनजन्य हिंसासम्बन्धी ३१४ उजुरी मात्र दर्ता भएका थिए। सबैभन्दा बढी उजुरी जाजरकोटबाट (८८३) आएका छन्। नयाँ र पुराना गरी हालसम्मको कुल उजुरी सङ्ख्या ७८ हजार ९०९ पुगेको छ।
आयोगका अध्यक्ष महेश थापाले यसपटक जबरजस्ती करणी वा यौनजन्य हिंसासम्बन्धी धेरै उजुरी परेको बताए। उनले पीडितहरूको गोपनीयतालाई ध्यानमा राखेर काम अघि बढाइने जानकारी दिए। उनले आयोगलाई पर्याप्त स्रोतसाधन उपलब्ध भए चार वर्षभित्र सबै काम टुङ्गो लगाइने बताए। आयोगले २०५२ फागुन २ देखि २०६३ मङ्सिर ५ सम्मका घटनाका उजुरी मात्र लिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण