सञ्चारमन्त्रीको राजीनामा माग्दै सामाजिक अभियन्ता ईः ईः ले भने– बिथोल्न खोजे भयंकर मूर्खता
सारांश
- सामाजिक अभियन्ता ईः ईः ले जेनजी पुस्ताको विरोध प्रदर्शनलाई सरकारले रोक्न खोज्नु मूर्खता हुने बताए।
- उनले आन्दोलनलाई दमन गरेमा उत्तेजना अनियन्त्रित हुन सक्ने चेतावनी दिए।
- ईः ईः ले सञ्चारमन्त्रीको राजीनामा र सामाजिक सञ्जालबारेको निर्णय सच्याउन सुझाव दिए।
काठमाडौँ । सामाजिक अभियन्ता ईः ईः ले जेनजी पुस्ताले भोलि गर्न लागिएको विरोध प्रदर्शन सरकारले बिथोल्न खोज्ने ठुलो मूर्खता हुनसक्ने बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले जेनजी पुस्ताले गर्न लागिएको विरोध प्रदर्शन उत्तेजना अनियन्त्रित बन्न सक्ने वा बनाइन सकिने बताएका हुन् ।
‘भोलिको आन्दोलनलाई सरकारले क्रूर दमन गर्न वा कुनै तिकडम लगाएर बिथोल्न खोजे त्यो नेपाली राजनीतिक इतिहासकै सबैभन्दा भयङ्कर मूर्खता हुनसक्ने सम्भावना छ । चरम निराशाको ऊर्जा असीमित देखिन्छ। आन्दोलनको परिष्कृत, सर्वस्वीकार्य नेतृत्व छैन। उत्तेजनाको बाढी अनियन्त्रित बन्न सक्छ, बनाइन सकिन्छ’, उनले लेखेका छन् ।
उनले वैश्विक र क्षेत्रीय माहौल पनि त्यसको लागि उर्वर रहेकाले सरकारसँग नतमस्तक भई उदार हुनुभन्दा उत्तम विकल्प नभएको उल्लेख गरेका छन् । सञ्चारमन्त्रीको राजीनामा सहित सामाजिक सञ्जालबारे निर्णय आजै सच्याउनु बुद्धिमानी हुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण