जेनजीलाई माइतीघरमा प्रदर्शन गर्न प्रशासनको अनुमति
काठमाडौँ । भ्रष्टाचारको विरुद्धमा सोमबार माइतीघरमा हुने प्रदर्शनलाई स्थानीय प्रशासनले अनुमति दिएको छ ।
भोलि बिहान ११ बजेदेखि माइतीघर मण्डलामा स्वतन्त्र नेपाली युवाहरूले भ्रष्टाचार विरुद्ध प्रदर्शन आयोजना गरेका छन् ।
निषेधित क्षेत्रमा प्रवेश नगर्ने गरी सो प्रदर्शन आयोजना गर्न अनुमति दिइएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले रातोपाटीलाई बताए ।
उनले भने, ‘प्रचलित कानुनको अधीनमा रहेर, तोडफोड नगर्ने शर्तमा हामीले प्रदर्शन गर्न अनुमति दिएका छौँ ।’
कार्यक्रममा युवाहरूको स्वतन्त्र सहभागिता रहने संयोजक सबल गौतम र पुरुषोत्तम यादवले जानकारी दिए । उनीहरुले शान्तिसुरक्षाको व्यवस्था मिलाइदिन स्थानीय प्रशासनलाई आग्रह गरेका छन् ।
२८ वर्षभन्दा कम उमेर समूहका युवाहरूले सामाजिक सञ्जाल बन्दको समेत विरोध गर्ने बताइएको छ । प्रदर्शनलाई काठमाडौँका मेयर बालेन शाह र मेडिकल व्यवसायी दुर्गा प्रसाईँ लगायतले समर्थ गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण