शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सरकारले संविधान संशोधनको प्रक्रिया छिटै सुरु गर्छ : प्रधानमन्त्री

आइतबार, २२ भदौ २०८२, १८ : ३०
आइतबार, २२ भदौ २०८२

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको प्रक्रिया छिट्टै सुरु गर्ने बताए।
  • ओलीले गोदावरीमा जारी दोस्रो विधान महाधिवेशनमा यस्तो बताएका हुन्।
  • संविधान संशोधन प्रक्रिया अघि बढाउन विज्ञ समूह गठन गरिने प्रधानमन्त्रीको भनाइ छ।

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको प्रक्रिया छिटै सुरु गर्ने बताएका छन् । 

नेकपा (एमाले)का अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीले  गोदावरीमा जारी दोस्रो विधान महाधिवेशनमा प्रस्तुत राजनीति प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिले उठाएका जिज्ञासाहरुको जवाफ दिँदै यस्तो बताएका हुन् । 

संसद्को ठुलो दल नेपाली कांग्रेस र एमालेबिच सरकार गठनकै क्रममा संविधान संशोधन गर्ने सहमतिका साथ वर्तमान सरका गठन भएको उल्लेख गर्दै सरकारले उक्त प्रक्रियाको थालनी गर्ने जानकारी दिए । 

‘सरकारले अहिले देखिएको शासकीय स्वरूप, निर्वाचन प्रणाली र संविधान कार्यान्वयन गर्ने सन्दर्भमा देखा परेका बाधाहरूलाई फुकाउनका निम्ति संशोधनको अपरिहार्यता भएकाले संविधानविद् र कानुन विद्हरु सम्मीलित विज्ञ समूह गठन गरी संविधान संशोधन प्रक्रिया अघि बढाइने छ’, प्रधानमन्त्री ओलीले भने, ‘संविधान र कानुन क्षेत्रका मित्रहरुको सुझावका आधारमा सरकारले संविधान संशोधनको प्रक्रिया अघि बढाउने छ ।’ 

प्रधानमन्त्री ओलीले अब हुने संविधान संशोधन प्रक्रिया यस अघिको जस्तो जनस्तरमा पुगेर सुझाव सङ्कलनका आधारमा नगरिने स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप