बेलायतको म्यानचेस्टरमा गुञ्जिँदै कालीप्रसाद
आइतबार, २२ भदौ २०८२, २० : १५
काठमाडौँ । संगीतकार तथा गायक कालीप्रसाद बास्कोटा बेलायतमा गुञ्जिने भएका छन् । ८८४८ भाइब्सले अक्टोबर १२ मा आयोजना गर्न लागेको ‘दसैँ-तिहार युके टुर’ अन्तर्गत उनले म्यानचेस्टरमा सांगीतिक प्रस्तुति दिन लागेका हुन् ।
कालीप्रसादले लाइभ ब्यान्डसहित सांगीतिक प्रस्तुति दिने ८८४८ भाइब्सका प्रबन्ध निर्देशक मनोज बजगाईंले जानकारी दिए । उक्त कार्यक्रममा सांगीतिक कार्यक्रमका साथै बालबालिका मैत्री खेल, दसैँलक्षित खेल, नृत्य समेत हुने उनले बताए ।
म्यानचेस्टरको डिनस्गेटस्थित इगल भेन्युमा हुने कार्यक्रममा सात वर्षमुनिका बालबालिकालाई प्रवेश नि:शुल्क गरिने आयोजकले जनाएको छ ।
८८४८ भाइब्सले यसअघि गायक रामकृष्ण ढकालको एकल साँझ आयोजना गरेको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण