शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सामाजिक सञ्जाल प्रतिबन्धले लाखौँ प्रवासी नेपाली प्रभावित : एनआरएनए

आइतबार, २२ भदौ २०८२, २० : २३
आइतबार, २२ भदौ २०८२

सारांश

  • एनआरएनएले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउँदा प्रवासी नेपालीहरूलाई परेको असरबारे चिन्ता व्यक्त गरेको छ।
  • एनआरएनएका अनुसार, चाडपर्वको समयमा परिवारसँग सम्पर्क गर्न र व्यवसाय सञ्चालनमा समेत कठिनाइ भएको छ।
  • एनआरएनएले सरकारलाई प्रतिबन्धको सट्टा वैकल्पिक उपाय खोज्न आग्रह गर्दै तत्काल पहुँच सहज बनाउन सहयोग गर्ने जनाएको छ।

काठमाडौँ । नेपाल सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धले लाखौँ प्रवासी नेपालीहरूलाई असर परेको भन्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) ले चिन्ता व्यक्त गरेको छ ।

एनआरएनएका प्रवक्ता गंगाधर गौतमले एक विज्ञप्ति जारी गर्दै अचानक सामाजिक सञ्जाल बन्द हुँदा चाडपर्वको समयमा परिवारसँग सम्पर्क गर्न असहज भएको बताएका छन् । उनले विदेशमा रहेका नेपालीहरूका लागि सामाजिक सञ्जाल नै परिवारसँग जोडिने भरपर्दो माध्यम भएकाले अहिले लाखौँ परिवारमा चिन्ता बढेको उल्लेख गरेका छन् ।

एनआरएनएले सामाजिक सञ्जालको प्रयोग गरी व्यवसाय र वृत्ति विकास गर्ने लाखौँ नेपाली विद्यार्थी तथा युवा पनि प्रभावित भएको जनाएको छ ।

यद्यपि, सामाजिक सञ्जाललाई व्यवस्थित गर्नुपर्ने सरकारको उद्देश्यलाई समर्थन गर्दै संघले प्रतिबन्धभन्दा वैकल्पिक उपाय अपनाउन आग्रह गरेको छ । एनआरएनएले तत्काल सामाजिक सञ्जालको पहुँच सहज बनाउन र विदेशी कम्पनीहरूसँग संवाद स्थापित गर्न सहयोग गर्न आफू तयार रहेको समेत बताएको छ ।

Social-Site-Sep-7,-2025

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप