मोहना नदीमा झोलुङ्गे पुल निर्माण
कैलाली । धनगढी उपमहानगरपालिका–१३ र कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ राजघाट सिमानामा रहेको मोहना नदीमा झोलुङ्गे पुल निर्माण भएको छ । उक्त झोलुङ्गे पुल बनेसँगै मोहना नदी ओहोरदोहोर गर्न सहज भएको छ ।
दुवै ठाउँलाई मोहना नदीले छुट्याएको छ । पुल निर्माण हुनुभन्दा अघि लामो समयसम्म राजघाटका स्थानीयलाई नदी ओहोरदोहोर गर्न समस्या थियो ।
राजघाटवासीका लागि दूरीको हिसाबले आफ्नो जिल्लाको सदरमुकामभन्दा सँगै जोडिएको कैलालीको धनगढी बजार नजिक पर्दछ । उनीहरुले अधिकांश कामका लागि धनगढी नै धाउनुपर्ने हुन्छ । त्यसैले मोहना नदीमा झोलुङ्गे पुल अति आवश्यक बनेको थियो ।
झोलुङ्गे पुल निर्माणसँगै ओहोरदोहोर गर्न सहज भएको कृष्णपुर नगरपालिका–९ राजघाटकी पूर्ववडासदस्य एवं स्थानीय शारदादेवी चौधरीले राससलाई जानकारी दिइन् ।
“औषधि उपचारदेखि हरेक कामका लागि धनगढी जानुपर्ने हुन्छ, पुल बन्नुभन्दा पहिले वडा नं ८ मजगई भएर लामो दूरीको कष्टपूर्ण बाटोबाट धनगढी जाने गरेका थियौँ”, उनले भनिन् ।
पुल निर्माणपछि घरायसी सामान किनमेलदेखि सबै कामका लागि सहज भएको स्थानीय पदम विकले बताइन् । स्थानीय रेखा चौधरीले वर्खामा नदीका कारण गाउँलेले समस्या झेल्दै आएका बताइन् ।
झोलुङ्गे पुल निर्माण गर्न कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा रु ८० लाख ९० हजार ठेक्का लगाएको इञ्जिनियर विष्णु जोशीले बताए । उपभोक्ता समिति र निर्माण कम्पनीको साझेदारीमा उक्त पुल निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरवार्ताको बिचमै रिसाएर किन हिँडे ट्रम्प ?
-
नेपालगञ्ज उपमहानगरपालिकाद्वारा विद्यालयहरूमा गर्मी बिदा
-
रास्वपा अर्घाखाँचीकाे सभापतिमा सीता पराजुली निर्वाचित
-
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण