जेनजीको आन्दोलनलाई प्रकाश सपुतको आर्थिक सहयोग
काठमाडौँ । गायक प्रकाश सपुतले सोमबार काठमाडौँमा हुने जेन जीको प्रदर्शनलाई आर्थिक सहयोग र नैतिक समर्थन गरेका छन् ।
उनले आफ्नो फेसबुक पोस्टमा दुई भाइ सुनिल र सचिनलाई सम्बोधन गर्दै २५/२५ हजार रुपैयाँ पठाएको जानकारी दिएका छन् ।
सपुतले युवाहरूलाई आन्दोलनमा सहभागी हुँदा पानी बाँड्न र संयमित रहन आग्रह गरेका छन् । ’हाईड्रेड रहनु, संयमित रहनु, एकै पटकमा नथाक्नु,’ उनले लेखेका छन् । साथै, उनले युवाहरूलाई ’आफ्नै नेतृत्वमा आन्दोलन गरेर ठाउँमा पुगेकाहरू’ लाई बुझाउन पटक–पटक एकसाथ उभिनुपर्ने बताएका छन् ।
आफ्नो पुस्ताले थुप्रै आन्दोलन गरेको तर त्यसका नेतृत्वकर्ताले जनताको विश्वास गुमाएको उल्लेख गर्दै सपुतले जेनजीको नयाँ शैलीको आन्दोलनप्रति उत्साहित रहेको बताएका छन् । उनले जेनजीको साङ्केतिक प्रदर्शनले नेताहरूलाई ’समय धेरै अगाडि गइसकेको’ र देशलाई उनीहरूले कति पछाडि पारेका छन् भन्ने महसुस गराउने विश्वास व्यक्त गरेका छन् ।
सपुतले युवाहरूलाई सुरक्षित रूपमा घर फर्किन पनि आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण