धर्म प्रचार गरेपछि पक्राउ परेका अमेरिकनलाई ११ वर्ष नेपाल प्रवेशमा रोक
सारांश
- अमेरिकी नागरिक डेनियल एस कोर्नीलाई क्रिस्चियन धर्म प्रचार गरेको आरोपमा ११ वर्ष नेपाल प्रवेशमा रोक लगाइएको छ।
- भिजिट भिसामा नेपाल आएर धर्म प्रचारमा संलग्न कोर्नीलाई भदौ ९ गते पक्राउ गरिएको थियो।
- कोर्नीले ललितपुरमा बालगृह सञ्चालन गरी बालबालिकाहरूलाई धर्म प्रचारमा लगाएको आरोप छ।
काठमाडौँ । क्रिस्चियन धर्मको प्रचार गरेको आरोपमा पक्राउ परेका अमेरिकी नागरिक डेनियल एस कोर्नीलाई ११ वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरिएको छ । अध्यागमन विभागले उनलाई नेपालबाट निष्कासन गर्दै नेपाल प्रवेशमा थप ११ वर्षसम्म रोक लगाउने निर्णय गरेको अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले बताए ।
भिजिट भिसामा नेपालमा बसेर धर्म प्रचारमा संलग्न आरोपमा विभागले उनलाई भदौ ९ मा पक्राउ गरेको थियो । उनले क्रिस्चियन धर्मको प्रचार गरेका हुन् । कोर्नीले आफूलाई ‘यशू खिष्टको सेवक हुँ’ भन्दै सार्वजनिक स्थानमा धर्म प्रचार गर्दै हिँडेका थिए ।
उनले लगनखेल बसपार्क, जावलाखेल र सुन्धारामा धर्म प्रचार गर्दै हिँडेको भेटिएपछि विभागका निर्देशक टिकाराम ढकाल नेतृत्वको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।
सन् २०१५ देखि नेपाल बस्दै आएका कोर्नी सुरुमा पर्यटन भिसामा प्रवेश गरेका थिए । त्यसपछि उनले बिजनेस भिसाका लागि आवेदन दिएको भेटिएको छ । व्यापार गर्न लगानी ल्याउन नसकेपछि अध्ययन भिसा लिएर उनले विश्वभाषा क्याम्पसमा अध्ययन पनि गरे ।
पछिल्लो समय ललितपुर महानगरपालिका–१८ भैंसेपाटीमा उनले नेपालीहरूसँग मिलेर ४ तले घर भाडामा लिएर बालगृह सञ्चालन गरेको भेटिएको छ ।
बालगृहमा राखिएका २० जना बालबालिकाहरूलाई कोर्नीको समूहले धर्म प्रचारमा लगाउने गरेको भेटिएको विभागका निर्देशक ढकालले जानकारी दिए । उनले भने– ‘उनले ललितपुरमा कोर्नी पब्लिसिङ हाउस पनि सञ्चालन गरेको भेटिएको छ ।’ उनलाई विभागले ५० हजार जरिवाना पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण