जेन्जीको भ्रष्टाचारविरूद्वको आक्रोश स्वाभाविक: अध्यक्ष प्रचण्ड
‘भ्रष्टाचारविरुद्ध हाम्रो आन्दोलन जारी छ’
सारांश
- माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जेन्जीको आक्रोशलाई स्वाभाविक मानेका छन्।
- प्रचण्डले सामाजिक सञ्जालमाथिको अवरोधलाई जनताको अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भनेका छन्।
- उनले युवाहरूले भ्रष्टाचार र सामाजिक सञ्जाल अवरोधविरुद्धको प्रदर्शनलाई समर्थन जनाएका छन्।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेन्जीको आक्रोश स्वाभाविक भएको बताएका छन् ।
उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै जेन्जीले भोलि गर्न लागेको प्रदर्शनलाई स्वाभाविक भएको बताएका हुन् ।
अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमाथि गरिएको अवरोधलाई जनताको अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भन्दै कडा आपत्ति जनाएका छन्। उनले युवाहरूले भ्रष्टाचार र सामाजिक सञ्जाल अवरोधविरुद्ध गर्न लागेको प्रदर्शन स्वाभाविक भएको बताए ।
“सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस्। भ्रष्टाचारका विरुद्ध हाम्रो आन्दोलन निरन्तर जारी छ,” प्रचण्डले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
साथै, उनले भ्रष्टाचारविरुद्ध जनतासँग मिलेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै आन्दोलनलाई अझ प्रभावकारी बनाइने बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण