दक्षिण अफ्रिकामाथि इंग्ल्याण्डको कीर्तिमानी जीत
सारांश
- इंग्ल्याण्डले साउथ अफ्रिकालाई ३४२ रनले हरायो, एकदिवसीय क्रिकेटमा रनको आधारमा सबैभन्दा ठूलो जित दर्ता गर्यो।
- ज्याकोब बेथेलले पहिलो शतक र जो रुटसँगको साझेदारीले इंग्ल्याण्डलाई बलियो बनायो, जसले ४१४ रनको विशाल योगफल तयार गर्यो।
- साउथ अफ्रिका ७२ रनमा समेटियो, जोफ्रा आर्चरको उत्कृष्ट बलिङ र कप्तानको चोटका कारण खेल समाप्त भयो।
साउथेम्प्टन । तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलमा इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई ३४२ रनको विशाल अन्तरले हराएको छ ।
ज्याकोब बेथेलले आफ्नो करियरको पहिलो शतक बनाएपछि जोफ्रा आर्चरको उत्कृष्ट बलिङले यो ऐतिहासिक जित सम्भव भएको हो । यस जितसँगै इंग्ल्याण्डले एकदिवसीय क्रिकेटको इतिहासमा रनको आधारमा सबैभन्दा ठूलो जित दर्ता गरेको छ ।
यसअघि नै सिरिज गुमाइसकेको इंग्ल्याण्डका लागि २१ वर्षीय बेथेलले ८२ बलमा ११० रनको आकर्षक इनिङ खेले । उनले जो रुटसँग १८२ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्याएका थिए ।
रुटले पनि ९६ बलमा १०० रन बनाए । त्यसपछि कप्तान जस बटलरले विस्फोटक ब्याटिङ गर्दै ३२ बलमा ६२ रन बनाएपछि इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ४१४ रनको विशाल योगफल तयार पारेको थियो । यो इंग्ल्याण्डको तीन वर्ष यताकै ठूलो एकदिवसीय योगफल हो ।
बेथेलले ३३औँ अन्तर्राष्ट्रिय इनिङमा पहिलो शतक बनाउँदै डेभिड गोवरपछि इंग्ल्याण्डका लागि सबैभन्दा कम उमेरमा ओडीआई शतक बनाउने दोस्रो खेलाडी बनेका छन् ।
४१५ रनको विशाल लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाको सुरुवात निकै खराब रह्यो । जोफ्रा आर्चरको घातक बलिङसामु उनीहरूले ७ रन बनाउँदा नै ४ विकेट गुमाए । आर्चरले ४ विकेट लिएपछि स्पिनर आदिल रशिदले ३ विकेट लिएका थिए । दक्षिण अफ्रिकाले २१ ओभरमा ९ विकेट गुमाउँदै ७२ रन मात्र बनाउन सक्यो । घाइते भएका कारण कप्तान तेम्बा बाभुमा ब्याटिङ गर्न नसकेपछि खेल समाप्त भएको थियो ।
सिरिज गुमाए पनि यो जित इंग्ल्याण्डका लागि मनोबल बढाउने खालको रहेको थियो । अब यी दुई टिमबीच बुधबारदेखि तीन खेलको टी-२० सिरिज सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण