मेरिनोको ह्याट्रिकसँगै स्पेनको टर्कीमाथि शानदार जित
सोमबार, २३ भदौ २०८२, ०६ : ३६
सारांश
- स्पेनले विश्वकप छनोटमा टर्कीलाई ६-० गोलले पराजित गर्यो ।
- खेलमा स्पेनका मिडफिल्डर मिकेल मेरिनोले ह्याट्रिक गरे ।
- मेरिनोले खेलको ५७औँ मिनेटमा उत्कृष्ट गोल गरे।
कोन्या । विश्वकप छनोट खेलमा स्पेनले टर्कीलाई ६-० को फराकिलो अन्तरले पराजित गरेको छ । यस जितमा स्पेनका मिडफिल्डर मिकेल मेरिनोले ह्याट्रिक गरे ।
स्पेनको प्रभावशाली जितमा २९ वर्षीय मेरिनोले ५७औँ मिनेटमा आफ्नो तेस्रो गोल गरे, जुन सबैभन्दा उत्कृष्ट रह्यो । उनले लामिन यामालको पासमा २० गजभन्दा बाहिरबाट उत्कृष्ट कर्ल प्रहार गरेका थिए ।
मेरिनोले २०२५ मा स्पेनका लागि ६ खेलमा ६ गोल गरिसकेका छन् । यसअघि उनले ३१ खेलमा मात्र २ गोल गरेका थिए ।
मेरिनोका अलावा पेड्रीले दुई तथा फेरान टोरेसले एक गोल गरे । मेरिनोको पहिलो दुई गोलमा मिकेल ओयारजाबलले सहयोग गरेका थिए ।
यस जितसँगै स्पेनले विश्वकप छनोटको समूह 'ई' मा लगातार दोस्रो जित दर्ता गरेको छ । यता टर्की र जर्जियाले भने तीन-तीन अंक बटुलेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण