धोनी अब अभिनयमा, आर माधवनसँग 'द चेज' मा देखिँदै
सारांश
- भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीले अभिनेता आर माधवनसँग 'द चेज' मा अभिनय गर्दैछन्।
- 'द चेज' को टिजर सार्वजनिक भएको छ, जसमा धोनी र माधवन बन्दुक लिएर फायरिङ गर्दै देखिएका छन्।
- वासन बाला निर्देशित यस फिल्म वा वेब सिरिजबारे विस्तृत जानकारी दिइएको छैन।
काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनी अब अभिनयको दुनियाँमा प्रवेश गर्ने भएका छन् । उनी छिट्टै नै अभिनेता आर माधवनसँग 'द चेज' मा देखिँदैछन् ।
अभिनेता आर माधवनले आइतबार आफ्नो सामाजिक सञ्जालमा 'द चेज' को टिजर सार्वजनिक गरेका छन् । टिजरमा धोनी र माधवन दुवै कालो पोसाक र सनग्लास लगाएर हातमा बन्दुक लिएर फायरिङ गर्दै गरेको देखिन्छ । यो फिल्म हो वा वेब सिरिज हो भन्ने बारे भने कुनै जानकारी दिइएको छैन । यसलाई आलिया भट्टको फिल्म 'जिगरा' का निर्देशक वासन बालाले निर्देशन गरेका हुन् ।
माधवनले आफ्नो पोस्टमा लेखेका छन्, ‘एक मिशन, दुई फाइटर । तयार रहनुहोस्, एक धमाकेदार चेज सुरु हुँदैछ । 'द चेज' को टिजर सार्वजनिक भएको छ ।’
यसअघि धोनीको जीवनमा आधारित फिल्म 'एम.एस. धोनीः द अनटोल्ड स्टोरी' सन् २०१६ मा रिलिज भएको थियो, जसमा सुशान्त सिंह राजपुतले धोनीको भूमिका निभाएका थिए । करिब १०४ करोडको बजेटमा बनेको यो फिल्मले २१६ करोडको व्यापार गरेको थियो ।
- धोनीको क्रिकेट करियर
धोनीले सन् २००४ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए र सन् २०२० मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए ।
उनी भारतीय क्रिकेट इतिहासका सबैभन्दा सफल कप्तान मानिन्छन् । उनको कप्तानीमा भारतले सन् २००७ को टी-२० विश्वकप र सन् २०११ को एकदिवसीय विश्वकप जितेको थियो ।
हाल उनी इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्स (सीएसके) को तर्फबाट खेल्छन् । उनी आइपिएलमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी पनि हुन् । उनले हालसम्म २७८ खेल खेलेका छन् ।
धोनीले आफ्नो कप्तानीमा सिएसकेलाई पाँच पटक च्याम्पियन बनाएका छन् । उनी आईपीएलमा १०० भन्दा बढी खेल जित्ने एक्लो कप्तान हुन् । उनले आफ्नो कप्तानीमा १३६ खेलमा जित दिलाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण